१२ आश्विन २०८१, शनिबार

ताजा खबर

युरोकप २०२४ : अष्ट्रिया अन्तिम १६ मा

नागरिक पोष्ट

बुधबार, १३ असार २०८१

3010 views

3010 views

युरोकप २०२४ : अष्ट्रिया अन्तिम १६ मा

काठमाडौं । युरोकप फुटबलमा अष्ट्रिया प्रि–क्वार्टरफाइनल (अन्तिम १६) मा प्रवेश गरेको छ । गएराति भएको समूह ‘डी’ अन्तर्गतको खेलमा नेदरल्यान्ड्सलाई ३–२ गोलले हराउँदै अस्ट्रिया समूह विजेता बन्दै अन्तिम १६ मा पुगेको हो ।

अष्ट्रियाका लागि रोमानो स्मिड र मार्सेल साबिट्जरले एक–एक गोल गरेका थिए । एक गोल भने नेदरल्याण्ड्सबाट आत्मघाती उपहार स्वरुप प्राप्त भएको थियो ।


यस्तै, नेदरल्याण्ड्सका लागि कोडी गाक्पो र मेम्फिस डिपायले एक–एक गोल गरेका थिए ।

खेलको छैटौँ मिनेटमा नेदरल्याण्ड्सका डोनयेल मालेनले गरेको आत्मघाती गोलसँगै अष्ट्रियाले सुरुवाती अग्रता लिएको थियो । तर ४७औँ मिनेटमा गाक्पोले गोल गर्दै नेदरल्याण्ड्सलाई १–१ गोलको बराबरीमा ल्याए ।
त्यसपछि ५९औँ मिनेटमा स्मिडले गोल गर्दै अष्ट्रियालाई २–१ गोलले अघि बढाए । तर ७५औँ मिनेटमा नेदरल्याण्ड्सका डिपायले गोल गरेपछि खेल २–२ गोलको स्थितिमा पुग्यो ।
त्यसपछि ८०औँ मिनेटमा अष्ट्रियाका मार्सेलले गरेको गोलसँगै अष्ट्रिय ३–२ गोलले विजयी भयो ।


यो जितसँगै अष्ट्रिया ३ खेलबाट ६ अंकका साथ शीर्षस्थानमा रहँदै समूह विजेताको रुपमा अन्तिम १६ मा पुगेको छ । यस्तै दोस्रो स्थानको फ्रान्सको ५ अंक छ भने नेदरल्याण्ड्सको ४ अंक छ । जितविहीन पोल्यान्ड १ अंक जोड्दै बाहिरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?