१५ असार २०८१, शुक्रबार

ताजा खबर

राजीनामा दिने तयारीमा मुख्य सचिव अर्याल

नागरिक पोष्ट

आईतवार, १० असार २०८१

1327 views

1327 views

राजीनामा दिने तयारीमा मुख्य सचिव अर्याल

काठमाडौं । मुख्य सचिव डा। वैकुण्ठ अर्यालले राजीनामाको तयारी गरेका छन् ।

टेरामेक्स खरिद प्रकरणमा भ्रष्टाचारको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दायर गर्ने भएपछि उनले राजीनामाको तयारी गरेका हुन् ।


शुक्रबार अख्तियारले टेरामक्स र सुरक्षण मुद्रण केन्द्रमा भ्रष्टाचार भएको भन्दै विशेष अदालतमा मुद्दा हाल्ने निर्णय गरेको थियो भने आज सो मुद्दा दायर गर्न अख्तियारको टोली विशेष अदालत पुगेको छ ।

आफूविरुद्ध मुद्दा दायर हुने भएपछि मुख्य सचिव अर्यालले राजीनामासहित प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई भेटेको बुझिएको छ । बालुवाटार स्रोतका अनुसार प्रधानमन्त्री प्रचण्डले अर्याललाई आफ्नो स्वविवेकमा निर्णय गर्न भनेका थिए ।


अर्याल सञ्चार सचिव हुँदा भएका यी प्रकरणमा अख्तियारले अनुसन्धानपछि डेढ अर्बभन्दा बढीको भ्रष्टाचार भएको निष्कर्ष निकालेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

धेरै हेरिएका