सार्वजनिक सूचना

हार्दिक निमन्त्रणा ! नारी दिवस २०७५, द्धन्दपीडित जनयोद्धा महिलाको विशेष सम्मान कार्यक्रममा

868

पहिलोपटक नागरिक सम्मान कार्यक्रमको साथै द्धन्दपीडित महिला तथा वालबालिकाहरुको व्यवस्थापनका लागि सरकार र नागरिक समाजको भूमिका विषयक अन्तरक्रिया कार्यक्रममा

                    हार्दिक निमन्त्रणा ! 

उपरोक्त सम्बन्धमा, यस नमूना प्रगतीशील महिला समाज नेपाल द्धन्द्धपीडित महिला तथा वालबालिकाहरुको व्यवस्थापनका लागि राज्य र नागरिक समाजसँग सहकार्य गर्ने गरी राष्ट्रियस्तरको अभियानमा जुटेको कुरा सहर्ष जानकारी गराउन चाहन्छौ । सोही अभियानको स्वरुप नारी दिवस अर्थात १०९ औं अन्तराष्ट्रिय महिला दिवस २०१९ को विशेष अवसरमा पारेर नेपालको सशस्त्र द्धन्द तथा जनआन्दोलनका अंग्रपंक्तिका द्धन्दपीडित महिलाहरुलाई उनीहरुको योगदानको कदर गर्दै पहिलोपटक नागरिक सम्मान कार्यक्रमको साथै द्धन्दपीडित महिला तथा वालबालिकाहरुको व्यवस्थापनका लागि सरकार र नागरिक समाजको भूमिका विषयक अन्तरक्रिया कार्यक्रम गर्ने भएको हुँदा उक्त विशेष कार्यक्रमको सरोकारवाला निकायका प्रमुख, महिला समाजका अगुवाहरुको साथै सञ्चारकर्मी मित्रहरुलाई उपस्थितिको लागि हार्दिक निमन्त्रणा गर्दछौं ।  उक्त अन्तरक्रिया कार्यक्रममा सशस्त्र द्धन्द तथा जनआन्दोलनका अंग्रणी महिला, सामाजिक एवं राजनीतिक क्षेत्रका विशिष्ट महिलाहरुको साथमा बिभिन्न संघ संस्थाको प्रमुख व्यक्तित्वहरु सहित १०० जनाको सहभागीता रहनेछ । 

प्रमुख अतिथि : सत्य पहाडी, पूर्व मन्त्री शान्ति तथा पुर्ननिर्माण  कार्यक्रम तालिका २०७५  फाल्गुन २४  गते शुक्रबार स्थान ः रिपोर्टस क्लव भृकुटीमण्डप, काठमाडौं समय ः दिनको ११.०० बजे