ताजा खबर

गोरेटो एजुकेशनल कन्सलटेन्सीद्वारा ‘क्यानाडियन ईन्स्टिच्युट मिट २०२५’ सम्पन्न: ५ सयभन्दा बढी विद्यार्थी सहभागी, क्यानडा अध्ययनबारे विस्तृत जानकारी

नागरिक पोष्ट

मंगलवार, १७ मंसिर २०८२

885 views

885 views

गोरेटो एजुकेशनल कन्सलटेन्सीद्वारा ‘क्यानाडियन ईन्स्टिच्युट मिट २०२५’ सम्पन्न: ५ सयभन्दा बढी विद्यार्थी सहभागी, क्यानडा अध्ययनबारे विस्तृत जानकारी

काठमाडौं । क्यानडामा अध्ययन गर्न जान चाहने नेपाली विद्यार्थीहरूका लागि शैक्षिक परामर्श सेवा उपलब्ध गराउँदै आएको गोरेटो एजुकेशनल कन्सलटेन्सीले आयोजना गरेको 'क्यानाडियन ईन्स्टिच्युट मिट २०२५' सफलतापूर्वक सम्पन्न भएको छ।

संस्थाको केन्द्रीय कार्यालय नयाँ बानेश्वरमा आइतबार आयोजित यस क्यानाडियन ईन्स्टिच्युट मिटमा ५ सयभन्दा बढी विद्यार्थी सहभागी भएर क्यानडा अध्ययनबारे विस्तृत जानकारी लिएका थिए। यो कार्यक्रम नोभेम्बर ३० तारिखका दिन आयोजना भएको थियो।

क्यानडा अध्ययनका सम्पूर्ण जिज्ञासा मेटियोस्

गोरेटो एजुकेशनल कन्सलटेन्सीका प्रबन्ध निर्देशक धिरज कंडेलका अनुसार यस मिटमा विद्यार्थीहरूलाई क्यानडाको भिसा प्रक्रिया, आवश्यक कागजात, लागत खर्च, भौतिक शैक्षिक वातावरण, जानुअघिको पूर्वतयारी, शैक्षिक नीति लगायतका सम्पूर्ण जानकारीहरू विश्वविद्यालय र कलेजका प्रतिनिधिबाट प्रत्यक्ष रूपमा परामर्श प्रदान गरिएको थियो।

प्रबन्ध निर्देशक कंडेलले यस मिटले क्यानडा अध्ययन गर्न चाहने नेपाली विद्यार्थीहरूका लागि महत्त्वपूर्ण ज्ञान लिने अवसर प्रदान गरेको र यसलाई विद्यार्थीहरूले आफ्नो शैक्षिक लक्ष्य प्राप्त गर्ने विश्वसनीय प्लाटफर्मका रूपमा लिनसक्ने बताए।

१४ भन्दा बढी संस्थाको सहभागिता

मेलामा विद्यार्थीहरूले क्यानडाका सिमोन फ्रासर (SFU) युनिभर्सिटि, ट्रेन्ट युनिभर्सिटि, बो भ्याली कलेज, नर्थ स्ल्यान्ड कलेज, कोलम्बिया कलेज लगायतका १४ भन्दा बढी विश्वविद्यालय तथा कलेजका प्रतिनिधिबाट क्यानडा अध्ययनबारे जानकारी लिने अवसर प्राप्त गरेका थिए।

यस एजुकेशन मिटमा सहभागी विद्यार्थीहरूले आफूले पढ्न चाहेको विषयमा सम्बन्धित कलेजका प्रतिनिधिसँग कलेजको भौतिक शैक्षिक पूर्वाधार, करिअर स्कोप, अध्ययन पश्चात् रोजगारीको अवसर, छात्रवृत्ति लगायतका विषयमा जानकारी लिनुका साथै आकर्षक गिफ्ट ह्याम्पर पनि प्राप्त गरेका थिए।

गोरेटो एजुकेशनका संयोजक प्रकाश रेग्मीले क्यानडामा अध्ययन गर्न चाहने नेपाली विद्यार्थीहरूलाई प्रत्यक्ष रूपमा विश्वविद्यालय र कलेजका प्रतिनिधिसँग भेट गराई महत्त्वपूर्ण ज्ञान र अवसर प्रदान गर्दै क्यानडा अध्ययन सम्बन्धी जिज्ञासा मेटाउने उद्देश्यका साथ यस मिटको आयोजना गरिएको बताए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?