ताजा खबर

मेयर बालेन साहलाई पितृशोक

नागरिक पोष्ट

सोमबार, १६ मंसिर २०८२

1242 views

1242 views

मेयर बालेन साहलाई पितृशोक

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह बालेनलाई पितृ शोक परेको छ ।

आइतबार उपचारको लागि नयाँ बानेश्वरस्थित सिभिल अस्पताल पुर्‍याइएका रामनारायण शाहको आज निधन भएको अस्पतालले जानकारी दिएको छ ।


शाहको पिसाबमा सङ्क्रमण भएपछि शरीरमा फैलिएको थियो । उनलाई भेन्टिलेटरमा राखेर उपचार थालिएका उपचारकै क्रममा निधन भएको हो ।

आज बिहान प्रधानमन्त्री सुशीला कार्की अस्पताल पुगेर शाहको स्वास्थ्य अवस्थाबारे जानकारी लिएकी थिइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?