नागरिक पोष्ट
बिहीबार, १२ मंसिर २०८२
10541 views
10541 views
प्रदर्शनीमा सहभागी विद्यार्थीहरूद्वारा निर्मित ९३ वटा उपकरण एवं सामाग्रीहरू राखिएका छन्। विज्ञान र सूचना प्रविधितर्फका नवीनतम प्रयोगहरूलाई उजागर गर्दै प्रदर्शनमा राखिएका केही प्रमुख परियोजनाहरूमा:
स्मार्ट सिटी (Smart City)
वाटर सिस्टम (Water System)
वाटर पोलुसन (Water Pollution)
स्मार्ट होम (Smart Home)
प्रदर्शनी मंसिर ११ र १२ गते गरी दुई दिनसम्म सञ्चालन हुनेछ। आयोजकले १० हजारभन्दा बढी विद्यार्थीले अवलोकन गर्ने लक्ष्य राखेकोमा पहिलो दिनमा नै चार हजारभन्दा बढी विद्यार्थीले अवलोकन गरेका थिए।
मिडभ्याली कलेजका अनुसार प्रदर्शनीमा उत्कृष्ट उपकरण एवं सामाग्री निर्माण गर्ने तीनवटा विद्यालयको टिम र एउटा सर्वाधिक भोट पाउने टिमलाई पुरस्कृत गरिनेछ। पुरस्कार राशीहरू यस प्रकार छन्:
प्रथम: रु. ३०,०००
दोस्रो: रु. २०,०००
तेस्रो: रु. १०,०००
प्रा.डा. रामेश्वर अधिकारी (प्रमुख अतिथि) ले यस्ता कार्यक्रमहरूले विद्यार्थीहरूलाई सैद्धान्तिक ज्ञानका साथै व्यवहारिक ज्ञान प्रदान गर्ने र विज्ञान तथा प्रविधि तर्फको अन्वेषणमा उत्प्रेरणा जगाउने बताए। उनले शहरी क्षेत्रमा मात्र नभई ग्रामीण क्षेत्रका विद्यालयहरूमा समेत यस्ता प्रदर्शनी आयोजना गर्न जरुरी रहेको र सरकारले पनि यसलाई प्राथमिकता दिनुपर्नेमा जोड दिए।
रत्न कटुवाल (सूर्यविनायक नगरपालिका शिक्षा शाखा प्रमुख) ले साना उमेरका विद्यार्थीहरूले दैनिक प्रयोगका उपकरणहरूलाई फरक रूपमा प्रदर्शनी गरेकोमा प्रशंसा गर्दै मिडभ्यालीका साथै अन्य विद्यालयहरूले पनि यसखालका प्रर्दशनीहरू आयोजना गर्नुपर्ने बताए।
कमल अर्याल (मिड भ्याली कलेजका निर्देशक) ले यस प्रदर्शनीले विद्यार्थीको सिर्जनात्मक क्षमता अभिवृद्धि र व्यवहारिक शिक्षालाई जोड दिएको बताए। उनले यसअघिको प्रदर्शनीबाट सूर्यविनायक नगरपालिका पनि प्रभावित भई नगरपालिका स्तरको प्रदर्शनी आयोजना गर्न लागेको जानकारी दिए।
मिड भ्याली कलेजले आगामी दिनमा पनि यस्ता कार्यक्रमहरूको आयोजना गर्दै विद्यार्थीलाई खोज अनुसन्धान तर्फ थप उत्प्रेरित गर्ने प्रतिबद्धता व्यक्त गरेको छ।