ताजा खबर

अवकास भएका प्रहरी महानिरीक्षक खापुङलाई विदेश भ्रमणमा रोक

नागरिक पोष्ट

शुक्रबार, २९ कार्तिक २०८२

1021 views

1021 views

अवकास भएका प्रहरी महानिरीक्षक खापुङलाई विदेश भ्रमणमा रोक

काठमाडौं, २७ कार्तिक । भदौ २३ र २४ गतेको घटनासम्बन्धी जाँचबुझ गर्न बनेको आयोगले नेपाल प्रहरीका पूर्वमहानिरीक्षक (आईजीपी) र अन्य सम्बन्धित अधिकारीहरूलाई घटनाबारे छानबिनका लागि आयोगमा उपस्थित हुन निर्देशन दिएको छ ।

आयोगको आज बिहीबार बसेको बैठकले तत्कालीन घटनाबारे अनुसन्धानका लागि पूर्वआईजीपी चन्द्रकुबेर खापुङलाई आयोगमा उपस्थित हुन आवश्यक देखिएकाले हालका लागि उनको विदेश भ्रमणमा रोक लगाउने निर्णय गरेको हो । खापुङ आजैदेखि सेवा निवृत भएका हुन् ।

आयोगले खापुङलाई काठमाडौं उपत्यका बाहिर जान नपाउने व्यवस्था मिलाउन सम्बन्धित निकायलाई पत्राचार गर्ने बताएको छ ।

आयोगले घटनाबाट भएको क्षतिको विवरण अझै बाँकी रहेमा आयोगको ठेगानामा वा सिंहदरबारस्थित कार्यालयमा उपलब्ध गराउन सबै सम्बन्धित पक्षलाई अनुरोध गरेको छ ।

आयोगका सदस्य तथा प्रवक्ता विज्ञानराज शर्मा अनुसार आयोगका निर्णय तथा सूचना गृह मन्त्रालयको वेबसाइटमा पनि हेर्न सकिने व्यवस्था गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?