ताजा खबर

लेमन ट्री प्रिमियरको सातौं वार्षिक साधारणसभा सम्पन्न, अध्यक्षमा पौडेल

नागरिक पोष्ट

शुक्रबार, २९ कार्तिक २०८२

1174 views

1174 views

लेमन ट्री प्रिमियरको सातौं वार्षिक साधारणसभा सम्पन्न, अध्यक्षमा पौडेल

काठमाडौं, २७ कार्तिक । बुढानिलकण्ठ हेरिटेज लिमिटेडद्वारा प्रवर्द्धित होटल लेमन ट्री प्रिमियरको सातौं वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले अम्बिका पौडेललाई सञ्चालक समितिको अध्यक्षमा चयन गर्दै नयाँ नेतृत्वलाई जिम्मेवारी दिएको छ ।

सभाबाट शिवनाथ पाण्डे, नवराज बुर्लाकोटी, बाबुकाजी कार्की र सिर्जना केसीलाई अन्य सञ्चालक पदमा निर्वाचित भएका छन् । नयाँ नेतृत्वले होटलको व्यवस्थापनमा नयाँ दृष्टिकोण र उत्साह भर्ने अपेक्षा गरिएको छ ।

साथै सभाले कम्पनीका सेयरधनीहरूलाई ५० प्रतिशत हकप्रद सेयर निष्काशन गर्ने र सर्वसाधारणका लागि २० प्रतिशत प्रारम्भिक सार्वजनिक निष्काशन (आईपीओ) जारी गर्ने निर्णय गरेको छ ।

बुढानिलकण्ठ क्षेत्रको बढ्दो पर्यटकीय सम्भावना ध्यानमा राख्दै, होटलले सेवा स्तर र व्यवस्थापनमा सुधार ल्याउने योजना अघि सारेको जनाएको छ । सभामा सहभागी सेयरधनीहरूले नयाँ नेतृत्व र पूँजी योजनाप्रति विश्वास व्यक्त गर्दै दीर्घकालीन प्रगतिको आशा प्रकट गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?