ताजा खबर

करियर क्याम्प(Career camp) २०८१ कार्यक्रम संचालन सम्बन्धित सूचना !

नागरिक पोष्ट

शनिबार, २३ कार्तिक २०८२

2041 views

2041 views

करियर क्याम्प(Career camp) २०८१ कार्यक्रम संचालन सम्बन्धित सूचना !

काठमाडौं । काठमाडौं महानगरपालिका, सहरी योजना आयोगद्वारा संचालित करियर क्याप्प (Career camp) २०८२ कार्यक्रम अन्तर्गत सहरी योजना, सिभिल इन्जिनियरिङ्ग तथा आर्किटेक्चर विषयमा न्यूनतम स्नातक तह उर्तीण भएकाहरुलाई ९ महिनाको लागि पूर्णकालिन प्रशिक्षार्थीको रुपमा छनोट गरी महानगरपालिकाले सञ्चालन गर्ने आयोजनाहरुको संरचनागत प्रारुप तयार गर्ने, ड्रइङ्ग डिजाइन र लागत अनुमान तयार गर्ने तथा महानगरबाट हुँदै गरेका निर्माण कार्यहरुको सुपरिवेक्षण तथा प्रतिवेदन तयार गर्ने काममा प्रत्यक्ष रूपमा सहभागी गराई व्यावसायिक सिप, दक्षता, र अनुभव प्रदान गर्ने उदेश्यले आवेदनका लागि यस सूचना प्रकाशित गरीएको छ ।

यस कार्यक्रमका सहभागी हुन चाहने योग्यता पुगेका इच्छुक उम्मेदवारहरुले यो सूचना प्रकाशित भएकोले १५ (पन्ध्र) दिन भित्र काठमाडौं महानगरपालिकाको website मा रहेको करियर क्याम्प (Career camp) को link मा आफ्नो आवेदन दिनुहुन आव्हान गरिन्छ । न्यूनतम शैक्षिक योग्यताः स्नातक तह (अर्वान प्लानिङ्ग, सिभिल इन्जिनियरिङ्ग, आर्किटेक्चर) आवश्यक संख्याः २२ अवधिकः ९ महिना सेवा सुविधाः मासिक रु. २५,०००/- (रु.पच्चीस हजार) आवेदन दिन: https://shorturl.at/yx15W

विस्तृत जानकारीको लागिः

काठमाडौँ महानगरपालिका

सहरी योजना आयोग

काठमाडौँ प्लाजा, कमलादी

सम्पर्क व्यक्तिः राजिता शाक्य (९८४१३१८७४४)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?