नागरिक पोष्ट
बुधबार, २० कार्तिक २०८२
1242 views
1242 views
काठमाडौं। डिजिटल युगमा बढ्दो साइबर अपराधको जोखिमलाई मध्यनजर गर्दै लाईभ नेपाल नेटवर्क प्रा. लि. ले तारकेश्वर नगरपालिका वडा नं ९ स्थित मनमैज्यु महिला विद्यालयमा एक दिने “साइबर अपराध सम्बन्धी प्रशिक्षण तथा सचेतना कार्यक्रम” सफलतापूर्वक सम्पन्न गरेको छ। करिब १०० भन्दा बढी महिला दिदीबहिनी तथा विद्यार्थीहरूलाई लक्षित गरी सञ्चालित यस कार्यक्रममा सहभागीहरूलाई साइबर सुरक्षा र सुरक्षित इन्टरनेट प्रयोगबारे प्रशिक्षण दिइएको थियो।
कार्यक्रमको मुख्य आकर्षणका रूपमा नेपाल टेलिकमले सहभागी विद्यार्थीहरूलाई निःशुल्क सिमकार्ड वितरण गरिएको थिायो ।
महिला शिक्षा र साइबर सुरक्षा अपरिहार्य
कार्यक्रममा बोल्दै तारकेश्वर नगरपालिका वडा नं ९ का वडा अध्यक्ष श्याम कृष्ण महर्जनले महिला शिक्षामा मनमैज्यु महिला विद्यालयको महत्त्वपूर्ण भूमिका रहेको बताउनुभयो। तारकेश्वर नगरपालिकामा यो एक मात्र महिला विद्यालय हो, जसले महिलाहरूलाई पढ्ने, लेख्ने र अन्य कार्यमा शिक्षित हुनका लागि राम्रो वातावरण दिएको छ उहाले भन्नुभयो, आजको समयमा महिला दिदीबहिनीहरूलाई साइबर सुरक्षा सम्बन्धी सचेतना अपरिहार्य छ। यस्ता कार्यक्रमहरूलाई हामीले अझै पनि निरन्तरता दिनुपर्छ ।
विद्यालय सुधारमा निरन्तर प्रयास
त्यस्तै, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष उज्वल अधिकारीले विद्यालयको भौतिक संरचना निर्माणदेखि अध्ययन९अध्यापनको क्षेत्रमा सुधार र विकासका लागि निरन्तर लागिपरेको बताउनु भयो । हामी अहिले कक्षा कोठाहरूको निर्माणमा वृद्धि गर्दैछौं ताकि धेरैभन्दा धेरै विद्यार्थीहरूलाई अध्ययनका लागि वातावरण सिर्जना गर्न सकियोस् उहाँले थप्नुभयो।
सामाजिक सन्जालको उचित प्रयोग
त्यस्तै वरिष्ठ सन्चारकर्मि श्रीराम पुडासैनीले पछिल्लो समय सामाजिक सन्जालको बढिनै प्रयोग गरिने भएकाले यसले सुबिधा दिनुको साथ साथै उत्तिकै असर पनि पारिरहेको र यसको बारेमा जानकारि लिई उचित प्रयोग गर्नु पर्ने बताउनु भयो भने पुर्व शिक्षक तथा समाजसेवि टेक नारायण सापकोटाले पछिल्लो समय धेरै नै साईबर अपराध सम्बन्धि धटनाहरु घटिरहेकोले यस्ता साईवर अपराध सम्बन्धि कक्षाहरु सबै ठाउमा सन्चाल गर्नु पर्ने बताए ।
साइबर सुरक्षाले महिलालाई सहयोग
विद्यालयकी प्रधानअध्यापक कल्पना सापकोटाले २० वर्षदेखि आफूले यस विद्यालयमा पढाउँदै आएको र आज सबैको साथ सहयोगले २०० जना भन्दा बढी महिला दिदीबहिनीहरूले पढिरहेको जानकारी दिनुभयो। उहाँले यस कार्यक्रमले महिलाहरूलाई साइबर सुरक्षा सम्बन्धी सचेत रहन मद्दत गर्ने विश्वास व्यक्त गर्नुभयो।
कार्यक्रममा प्रशिक्षक कृष्ण सापकोटाले सरल र सहज भाषामा साइबर अपराधका प्रकार, बच्ने उपाय र कानुनी व्यवस्थाबारे प्रशिक्षण दिनुभएको थियो भने नेपाल टेलिकमका व्यापार विभागका गणेश पौडेलले टेलिकमको सिमबारे जानकारी गराउँदै कार्यक्रमको प्रशंसा गर्नुभएको थियो।
कार्यक्रमलाई समापन गर्दै लाईभ नेपाल नेटवर्कका अध्यक्ष पुष्कर राज पाण्डेले देशव्यापी रूपमानै साइबर अपराध सम्बन्धी सचेतनामूलक तालिम र प्रशिक्षण गर्नु आजको आवश्यकता भएको बताउनुभयो
कार्यक्रम सञ्चारकर्मी तथा समाजसेवी सावित्री बस्नेत (सबु)ले सञ्चालन गरेकी थिइन्।