नागरिक पोष्ट
सोमबार, १८ कार्तिक २०८२
953 views
953 views
काठमाडौँ, कार्तिक १७ । वैदेशिक रोजगार क्षेत्रमा सक्रिय नयाँ पुस्ताका व्यवसायीहरूलाई एकजुट गर्दै नेपाल वैदेशिक रोजगार युवा व्यवसायी संघ (NAFEYE) आज औपचारिक रूपमा स्थापना भएको छ। संघले आफ्नो पहिलो प्राथमिकता समिति गठन र नेतृत्व स्थापनामा दिएको छ।
मुख्य समिति यस प्रकार रहेको छ
अध्यक्ष : सुमन राज पाण्डे
प्रथम उपाध्यक्ष: अभिनयमान बस्नेत
उपाध्यक्ष: देबि प्रसाद गिरि
महासचिव: कृष्ण प्रसाद ढकाल
सचिव: अदनान सम्मद
कोषाध्यक्ष: दीपा बुढाथोकी
सदस्यहरू: सरोज हुसेन, ध्रुब जिसि, फणीन्द्र कुमार केसि (प्रशान्त)
उद्देश्य र प्राथमिकता
संघका अध्यक्ष सुमन राज पाण्डेले उद्घाटन समारोहमा NAFEYE को उद्देश्य स्पष्ट पार्दै भने, "हाम्रो उद्देश्य युवामा व्यावसायिक इमानदारी, जिम्मेवारी र नैतिकता विकास गर्नु हो। वैदेशिक रोजगार व्यवसायलाई एजेन्ट होइन, उद्यमी दृष्टिकोणबाट अघि बढाएर नयाँ सोच र नवप्रवर्तन ल्याउन चाहन्छौं।"
NAFEYE ले वैदेशिक रोजगार व्यवसायलाई नेपालको अर्थतन्त्र, रोजगारी र सामाजिक विकासमा महत्वपूर्ण मान्दै यस क्षेत्रमा सुधार अपरिहार्य भएको जनाएको छ। संघले पारदर्शिता, प्रतिस्पर्धा र प्रविधिको प्रयोग लाई मुख्य प्राथमिकता बनाउने घोषणा गरेको छ।
आगामी योजना र सहकार्यको आह्वान
संघले आगामी दिनमा प्रशिक्षण, प्रविधि अनुकूलन, व्यवसायिक मेला र सेमिनार आयोजना गरी सदस्यहरूबीच अनुभव साटासाट गर्ने योजना बनाएको छ। साथै, संघले सरकार, साझेदार संस्थाहरू र अन्तर्राष्ट्रिय संगठनहरूसँग सहकार्य गर्दै वैदेशिक रोजगार क्षेत्रमा सुधार र जिम्मेवार व्यवसाय प्रवर्द्धन गर्ने जनाएको छ।
अध्यक्ष पाण्डेले युवाको नेतृत्व, अग्रजको अनुभव र व्यवसायीहरूको एकताले मात्र नेपालको वैदेशिक रोजगार व्यवसायलाई दिगो, विश्वसनीय र परिणाममुखी बनाउनेमा जोड दिएका छन्। उनले सम्पूर्ण व्यवसायी, युवा र साझेदार संस्थालाई सक्रिय सहभागिता र सहयोगका लागि आह्वान गरेका छन्।