ताजा खबर

३० अंकले बढ्यो नेप्से, २०५ वटा कम्पनीको बढ्यो सेयर मूल्य

नागरिक पोष्ट

आईतवार, १७ कार्तिक २०८२

1174 views

1174 views

३० अंकले बढ्यो नेप्से, २०५ वटा कम्पनीको बढ्यो सेयर मूल्य

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज नेप्सेमा सेयर कारोबारको आज पहिलो दिन अधिकांश कम्पनीको सेयर मूल्य वृद्धि भएको छ । आइतबार नेप्सेमा ९ अर्ब २० करोड ३१ लाख ४६ हजार रुपैयाँको सेयर कारोबार हुँदा ३०.७५ अंकले नेप्से बढेको हो ।

नेप्सेमा आज कारोबार भएकामध्ये २०५ वटा कम्पनीको सेयर मूल्य बढ्दा र ४२ वटा कम्पनीको सेयर मूल्य घट्दा नेप्से परिसूचक २६३१.१४ बिन्दुमा पुगेको छ । तर, आज ३ वटा कम्पनीको सेयर मूल्य भने स्थिर रह्यो ।


आज नेप्सेमा सामुदायिक लघुवित्त वित्तीय संस्थाको सेयर बिक्री गर्नेले सबैभन्दा धेरै नाफा आर्जन गरे भने खानीखोला हाइड्रोपावरको सेयर बिक्री गर्नेले सबैभन्दा धेरै गुमाए । आज नेप्सेमा व्यापार समूहको उपसूचक बाहेक सबै उपसूचक हरियाली बनेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?