ताजा खबर

नगर प्रमुख महर्जनद्वारा तारकेश्वर नगरपालिकामा दलित/अल्पसंख्यक परिवारलाई ५० प्रतिशत अनुदानमा ईन्डक्सन चुलो वितरण

नागरिक पोष्ट

शुक्रबार, १ कार्तिक २०८२

1735 views

1735 views

नगर प्रमुख महर्जनद्वारा तारकेश्वर नगरपालिकामा दलित/अल्पसंख्यक परिवारलाई ५० प्रतिशत अनुदानमा ईन्डक्सन चुलो वितरण

काठमाडौं। तारकेश्वर नगरपालिका वडा नं. १, २ र ३ का दाउरामा खाना पकाउने दलित तथा अल्पसंख्यक परिवारलाई ५० प्रतिशत अनुदानमा ईन्डक्सन चुलो वितरण गरिएको छ।। आज नगरपालिकामा आयोजित कार्यक्रममा नगर प्रमुख श्री कृष्ण हरि महर्जनले लाभग्राही परिवारलाई ईन्डक्सन चुलो हस्तान्तरण गर्नुभयो। कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत धर्मराज लम्साल, नगर प्रवक्ता तथा वडा नं. २ का अध्यक्ष राधाकृष्ण खड्की, वातावरण शाखा प्रमुख जिवनाथ भण्डारी, कर्मचारी तथा स्थानीयवासीहरूको उपस्थिती रहेको थियो ।


वातावरणमैत्री पहलअन्तर्गत वातावरण शाखाको समन्वयमा वितरण गरिएको यो कार्यक्रममार्फत वडा नं. १ र ३ का ८/८ जना गरी १६ परिवारलाई १६ थान ईन्डक्सन चुलो वितरण गरिएको हो । वडा नं. १, २ र ३ बाट सूचना जारी गरी दाउरामा खाना पकाउने परिवारबाट आवेदन मागिएको थियो। प्राप्त मागमध्ये छनोट गरी ५० प्रतिशत अनुदानमा चुलो वितरण गरिएको नगरपालिकाले जनाएको छ ।

यो कार्यक्रमले दाउरा प्रयोगबाट हुने वायुप्रदूषण कम गर्न र वातावरणमैत्री जीवनशैली प्रवर्द्धन गर्न सहयोग पुर्‍याउने अपेक्षा गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?