ताजा खबर

टेलिकमको पोष्टपेडमा आजदेखि ‘रेकरिङ सजिलो अनलिमिटेड प्याकेज’ सुरु

नागरिक पोष्ट

शुक्रबार, १ कार्तिक २०८२

1650 views

1650 views

टेलिकमको पोष्टपेडमा आजदेखि ‘रेकरिङ सजिलो अनलिमिटेड प्याकेज’ सुरु

काठमाडौं । नेपाल टेलिकमले ग्राहकहरुको मागलाई सम्बोधन गर्न जीएसएम पोस्टपेडमा आजदेखि ‘रेकरिङ सजिलो अनलिमिटेड प्याकेज’ सञ्चालन गरेको छ । जीएसएम पोस्टपेडका लागि सञ्चालन गरिएका सम्पूर्ण सजिलो अनलिमिटेड प्याकेजहरुमा प्याकेजको समयावधि समाप्त भएपछि स्वचालित रुपमा पुनस् प्याकेज खरिद हुनेगरी रिन्युअल प्याकेजहरु सञ्चालनमा ल्याएको टेलिकमले जनाएको छ ।

साविकका सजिलो अनलिमिटेड ६९९, ७९९, ९९९, १४९९ र एक्जेक्युटिभ प्याकलाई मुख्य अफरको रुपमा लिएर पहिलोपटक प्याकेज खरिद गर्दा अंग्रेजी महिनाको १५ तारिखलाई आधार मानेर प्रो–रेटको आधारमा रकम काटिने र सोपछि प्रत्येक अंग्रेजी महिनाको १५ तारिखमा स्वतस् सोही प्याकेज रिन्यू हुने व्यवस्था लागु गरिएको कम्पनीले जानकारी दिएको छ ।

अंग्रेजी महिनाको १५ तारिखमा बिलको हिसाब हुँदा प्याकेजको शुल्क भन्दा उपलब्ध क्रेडिट लिमिट पर्याप्त नभएमा सेवा अवरुद्ध हुन जान्छ र भुक्तानी पश्चात् मात्र सेवा सुचारु हुने टेलिकमको भनाइ छ । यस्ता प्याकेज खरिद गर्ने ग्राहकले उल्लिखित डाटा र एसएमएसले नपुग भएमा सोका लागि अन्य प्याकेज खरिद गर्न सक्ने टेलिकमको भनाइ छ ।

ग्राहकले बढी वा कम रिसोर्सेज सहितका अन्य रेकििरङ प्याकेज खरिद गर्न चाहेमा वा साबिकका नर्मल एसएमएस र डाटा प्याकेज प्रयोग गर्न खोजेमा सोपनि खरिद गर्न सकिने कम्पनीले स्पष्ट पारेको छ । एउटा रेकरिङ प्याकेज चलिरहेको अवस्थामा अन्य रेकरिङ प्याकेज खरिद गरेमा उक्त प्याकेज पेन्डिङ अवस्थामा रहनेछ र पेन्डिङ प्याकेज लगत्तै आउने अंग्रेजी महिनाको १५ तारिखमा मात्र याक्टिभ हुनेछ ।

अन्य नर्मल प्याकेज लिएको हकमा भने भ्यालिडिटी कम रहेको प्याकेजको रिसोर्सेज पहिले प्रयोग हुनेछ । सेवा डियाक्टिभ गर्न चाहने ग्राहकले जिएसएम पोष्टपेड अफर (रु.३००) सस्क्राइब गरी रेकरिङ सेवा बन्द गर्न सक्ने टेलिकमले जनाएको छ ।

‘रेकरिङ सजिलो अनलिमिटेड प्याकेज’ सुचारु गर्न *1415*2*4# डायल गरी छनौट गर्नुपर्नेछ । यदि कसैलाई थप जानकारी चाहिएमा नेपाल टेलिकमको नम्बरबाट १४९८ मा कल गर्न गर्न सकिने टेलिकमका प्रवक्ता रविन्द्र मानन्धरले बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?