ताजा खबर

सुनको मूल्य दुई लाख ३८ हजार पुग्यो

नागरिक पोष्ट

बुधबार, २२ आश्विन २०८२

1582 views

1582 views

सुनको मूल्य दुई लाख ३८ हजार पुग्यो

काठमाडौं – बुधबार नेपाली बजारमा सुनको मूल्य प्रतितोला दुई लाख ३८ हजार रुपैयाँ पुगेको छ ।

मंगलबार नेपाली बजारमा दुई लाख ३५ हजार चार सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य बुधबार दुई हजार ६ सय रुपैयाँले बढेर कारोबार भएको हो ।


चाँदीको मूल्य भने मंगलबारको तुलनामा प्रतितोला ५ रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

मंगलबार दुई हजार ९ सय ६० रुपैयाँ प्रतितोलामा कारोबार भएको चाँदीको मूल्य बुधबार दुई हजार ९ सय ५५ रुपैयाँमा झरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?