ताजा खबर

सरकारद्वारा एमसीए नेपाललाई नवलपरासीमा ४३.६६ हेक्टर राष्ट्रिय वन क्षेत्र प्रयोग गर्न स्वीकृति

नागरिक पोष्ट

बुधबार, ४ असार २०८२

2194 views

2194 views

सरकारद्वारा एमसीए नेपाललाई नवलपरासीमा ४३.६६ हेक्टर राष्ट्रिय वन क्षेत्र प्रयोग गर्न स्वीकृति

काठमाडाैं, ४ असार । सरकारले मिलेनियम च्यालेन्ज एकाउण्ट नेपाल विकास समिति (एमसिए नेपाल) लाई नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) जिल्लाको ४३.६६ हेक्टर राष्ट्रिय वन क्षेत्र प्रयोग गर्न स्वीकृति दिएको छ।

यो वन क्षेत्र ४०० केभी डबल सर्किट विद्युत प्रसारण लाइन आयोजना निर्माणका लागि प्रयोग गरिनेछ। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले सुनवल नगरपालिका, रामग्राम नगरपालिका र बर्दघाट नगरपालिकामा पर्ने उक्त वन क्षेत्र आयोजना निर्माणका लागि प्रयोग गर्न दिने निर्णय गरेको हो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?