मंगलवार, २८ जेष्ठ २०८२
834 views
834 views
बर्दघाट, पश्चिम नवलपरासी । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्का आइतबार बर्दघाट नगरपालिकाको १६औं नगरसभा उद्घाटन कार्यक्रममा विशेष आतिथ्यका रूपमा सहभागी हुनु भएकाे थियाे । कार्यक्रममा मन्त्री खड्काले स्थानीय जनप्रतिनिधि, कर्मचारी तथा नागरिकहरूसँग प्रत्यक्ष संवाद गर्दै समृद्धिको लागि स्थानीय तहको भूमिकालाई निर्णायक बताउनु भयाे ।
मन्त्री खड्काले सम्बोधनका क्रममा भन्नुभयाे, “स्थानीय तह शासनको मेरुदण्ड हो । जनअपेक्षा, योजनाबद्ध विकास र प्रभावकारी सेवा प्रवाहमार्फत बर्दघाट नगरपालिका समृद्धिको गतिमा अघि बढ्ने विश्वास लिएको छु ।” उहाँले स्थानीय विकासलाई मार्गचित्र निर्माण, कार्यान्वयन र परिणामको साङ्लोका रूपमा व्याख्या गर्दै जनप्रतिनिधि र कर्मचारीको समर्पण, पारदर्शिता, समन्वय र दृढ इच्छाशक्तिको खाँचो औँल्याउनु भयाे । “स्थानीय विकासको मार्गचित्र नगरसभाले बनाउँछ, कार्यान्वयन जनप्रतिनिधि र कर्मचारीको समर्पणले गर्छ, र परिणाम जनताले महसुस गर्छन्,” मन्त्री खड्काले स्पष्ट पार्नु भयाे ।
नगरसभामा मन्त्री खड्काको उपस्थिति र भनाइले स्थानीय तहका प्रतिनिधि र नागरिकमा सकारात्मक ऊर्जा भरिएको सहभागीहरूको बताए । नगरसभा कार्यक्रममा बर्दघाट नगरपालिकाका प्रमुख, उप–प्रमुख, वडाध्यक्षहरू, कर्मचारी तथा स्थानीय नागरिकहरूको उल्लेखनीय उपस्थिति रहेको थियाे ।