४ असार २०८२, बुधबार
ताजा खबर

समाज सेवामा BSW विद्यार्थीहरूको अनुकरणीय योगदान: मानव सेवाको ज्वलन्त उदाहरण

नागरिक पोष्ट

मंगलवार, २८ जेष्ठ २०८२

579 views

579 views

समाज सेवामा BSW विद्यार्थीहरूको अनुकरणीय योगदान: मानव सेवाको ज्वलन्त उदाहरण

काठमाडौँ । ग्रामिण आदर्श बहुमुखी क्याम्पस, नेपालटारमा समाजिककार्य (BSW) अध्ययनरत प्रथम, द्वितीय र तृतीय वर्षका विद्यार्थीहरूले असल सामाजिक उत्तरदायित्व निर्वाह गर्दै मानव सेवाको ज्वलन्त उदाहरण प्रस्तुत गरेका छन्।

विद्यार्थीहरूले आफ्नै खाजा खर्च कटौती गरेर खरिबोटस्थित मानव सेवा आश्रममा आश्रित २०८ जना वृद्ध, अपांग र असहाय नागरिकहरूलाई पकाएको खाना र खाद्य सामग्री वितरण गरेका हुन्।

यस कार्यमा समाजिककार्य संकायका प्राध्यापकहरू सपना पाण्डे , चिरञ्जीवी ढकाल र आम संचार तथा पत्रकारिता विभागका अध्यापक श्रीराम पुडासैनीको सक्रिय सहभागिता रहेको थियो। उनीहरूको समन्वय, मार्गदर्शन र प्रेरणाले कार्यक्रमलाई योजनाबद्ध र प्रभावकारी बनायो।

सो अवसरमा एक कार्यक्रमका बीच अध्यापक श्रीराम पुडासैनीले “समाजसेवा हाम्रो पुर्खाले दिएको संस्कार हो। जब पाठ्यपुस्तकमा पढिने समाजिककार्य व्यवहारमा उतारिन्छ, तब मात्र त्यसले अर्थ राख्छ। यस किसिमको अभ्यासले विद्यार्थीहरूमा सामाजिक चेतना र करुणा झन् प्रगाढ बनाउँछभन्नुभयो।

अध्यापक सपना पाण्डेले भन्नु भयो BSW पढाउनु केवल ज्ञान बाँड्नु मात्र होइन, यो त भविष्यका संवेदनशील समाजसेवीहरू उत्पादन गर्ने प्रक्रिया हो। म ढुक्क छु, ग्रामिण आदर्श क्याम्पसमा अध्ययनरत विद्यार्थीहरू भविष्यमा यस्ता समाजसेवी बन्नेछन् जसले समाजले गर्व गर्ने योगदान दिनेछन्।”

अध्यापक चिरञ्जीवी ढकालले “समाज सेवा कुनै औपचारिकता होइन, यो जीवनको जिम्मेवारी हो। जब व्यक्ति अरूको पीडामा समर्पित हुन्छ, त्यही धर्मको साँचो रूप हो भन्नु भयो।

त्यस्तै विद्यार्थी प्रतिनिधिहरूले हामीले खाजा खाने पैसा कटौती गर्येउ , तर उहाँहरूले पाएको माया र सम्मानले हामीलाई आत्मिक सन्तुष्टि दियो। समाज सेवा गर्न ठूलो स्रोत होइन, सानो मन–दया र सद्भाव चाहिन्छ यो सस्कार हामीलाई ग्रामिण आदर्श क्याम्पसले सिकाएको हो भने। त्यस्तै मानब सेवा आश्रमका प्रतिनिधिहरूले विद्यार्थीहरूबाट प्राप्त सहयोगले वृद्धवृद्धाहरूको आत्मबल र आत्मसम्मानमा ठूलो वृद्धि भएको बताएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?