सोमबार, २७ जेष्ठ २०८२
987 views
987 views
विराटनगर । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले विश्व वातावरण दिवस २०२५ को अवसरमा कोशी प्रदेशको विराटनगरमा बृहत बृक्षारोपण कार्यक्रम सम्पन्न गरेको छ। बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत जेठ २५ गते आइतबार विराटनगर महानगरपालिका-८, विश्वकर्मा चोकमा १०० भन्दा बढी विभिन्न प्रजातिका बिरुवा रोपेको हो।
‘बिट द प्लाष्टिक’ भन्ने नारालाई आत्मसाथ गर्दै बढ्दो जलवायु परिवर्तन न्यूनीकरणमा सघाउने र रुख-बिरुवाको संरक्षण तथा प्रवर्द्धन गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको बैंकले जनाएको छ। संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत बैंकले यसअघि पनि देशका विभिन्न स्थानमा स्वास्थ्य शिविर सञ्चालन, सामुदायिक विद्यालय तथा मठमन्दिरहरूमा सहयोग गर्दै आएको छ।
हालै मात्र 'बैंक अफ द ईयर २०२४' को प्रतिष्ठित उपाधि जितेको सिटिजन्स बैंकले आफ्ना ग्राहकका लागि नवीन सेवाहरू पनि थपिरहेको छ। केही समयअघि फोनपेसँगको सहकार्यमा नेपालमै पहिलो पटक 'सिटिजन्स फोनपे क्रेडिट कार्ड' (भर्चुअल क्रेडिट कार्ड) सञ्चालनमा ल्याएको थियो। यसका साथै, बैंकले मोबाइल बैंकिङ एपबाटै शेयर आवेदन र सीआरएन नम्बर लिने सुविधा तथा अन्य बैंकका ग्राहकले समेत सिटिजन्स बैंकको काउन्टरबाट क्यूआर स्क्यान गरी नगद झिक्न सक्ने 'क्रस बैंक टेलर' सुविधा पनि प्रदान गर्दै आएको छ।
सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशभरका ६१ जिल्लामा रहेका आफ्ना २०० शाखा, १६८ एटीएम, ३ विस्तारित काउन्टर र ७४ शाखारहित बैंकिङ इकाइहरूमार्फत १८ लाख ९८ हजारभन्दा बढी ग्राहकलाई आधुनिक बैंकिङ सेवा पुर्याउँदै आएको छ।