४ असार २०८२, बुधबार
ताजा खबर

विश्व वातावरण दिवस २०२५ः कारितास नेपालद्वारा वातावरण संरक्षणमा सन्देशमूलक कार्यक्रम

नागरिक पोष्ट

बिहीबार, २३ जेष्ठ २०८२

715 views

715 views

विश्व वातावरण दिवस २०२५ः कारितास नेपालद्वारा वातावरण संरक्षणमा सन्देशमूलक कार्यक्रम

ललितपुर, धोबिघाट । कारितास नेपालले विश्व वातावरण दिवस २०२५ को अवसरमा वातावरणप्रति सचेतना जगाउने उद्देश्यले एक प्रेरणादायी कार्यक्रम आयोजना गर्‍यो, जसमा ललितपुरको धोबिघाटस्थित ममता रानी स्कुलका विद्यार्थीहरूको उल्लेखनीय सहभागिता रह्यो ।


कार्यक्रमको प्रमुख आकर्षणमध्ये एक थियो सामुदायिक जागरुकता र्‍याली, जसको आयोजना कारितास नेपालको पहलमा गरिएको थियो । विद्यार्थीहरूले वातावरण संरक्षणसम्बन्धी सन्देशसहित ब्यानर बोकेर र नारा लगाउँदै स्थानीय बस्ती परिक्रमा गरे । यसले समुदायमा वातावरणप्रतिको सरोकार र जिम्मेवारीबारे जनचेतना फैलायो ।

कार्यक्रम अन्तर्गत कारितास नेपालले वृक्षारोपण कार्यक्रम सञ्चालन गर्‍यो, जहाँ विद्यार्थी, शिक्षक र संस्थाका प्रतिनिधिहरूले संयुक्त रूपमा स्कुल परिसर तथा वरपरका क्षेत्रमा हरियाली थप्ने प्रयासस्वरूप बिरुवा रोपे । वातावरण संरक्षणका क्षेत्रमा कारितास नेपालको योगदानप्रति सहभागीहरूले प्रशंसा व्यक्त गरे ।

बालबालिकालाई सिर्जनात्मक माध्यमबाट वातावरणबारे सोच्न प्रेरित गर्न चित्रकला प्रतियोगिता पनि आयोजना गरिएको थियो । यहाँ बालबालिकाले जलवायु परिवर्तन, प्रदूषण न्यूनीकरण, हरियाली संरक्षण लगायतका सन्देशहरू रंगमार्फत अभिव्यक्त गरे । कारितास नेपालका प्रतिनिधिहरूले कार्यक्रमको उद्देश्यबारे प्रकाश पार्दै भने, “हामी वातावरण संरक्षणलाई हाम्रो सामाजिक उत्तरदायित्वको रूपमा लिएका छौँ। बालबालिकालाई सानैदेखि प्रकृतिप्रतिको माया र जिम्मेवारी सिकाउनु हाम्रो दीर्घकालीन दृष्टिकोणको हिस्सा हो।“

कारितास नेपालले यस्ता कार्यक्रमहरूमार्फत वातावरण संरक्षणसँगै युवा पुस्तामा नेतृत्व, चेतना र सक्रिय सहभागिता विकास गराउन विशेष योगदान दिँदै आएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?