४ असार २०८२, बुधबार
ताजा खबर

पोखरामा भव्य तयारीसहित ‘प्रचण्ड कप’ भलिबल प्रतियोगिता

नागरिक पोष्ट

बुधबार, २२ जेष्ठ २०८२

783 views

783 views

पोखरामा भव्य तयारीसहित ‘प्रचण्ड कप’ भलिबल प्रतियोगिता

कास्की । पोखरामा जेठ २७ गतेदेखि प्रचण्ड कप राष्ट्रिय महिला भलिबल प्रतियोगिता सञ्चालन हुने भएको छ। आयोजक नेश्नल स्पोर्ट्स एकेडेमीले बुधबार पोखरा रंगशालामा पत्रकार सम्मेलनको आयोजना गरेर प्रतियोगिताबारे जानकारी दिएको हो ।


राष्ट्रियस्तरका शीर्ष ६ महिला टिमलाई समावेश गरेर आयोजना गर्न लागिएको प्रतियोगिता जेठ ३१ गतेसम्म पोखरा रंगशालामा सञ्चालन हुने भएको छ । आयोजकका अनुसार प्रतियोगितामा तीन विभागीय टिम पुलिस, एपीएफ र आर्मी तथा गण्डकी प्रदेश, एभरेष्ट एकेडेमी र न्युडामण्ड एकेडेमीले सहभागीता जनाउनेछन् ।

राउण्ड रोबिन लिगका आधारमा प्रतियोगिता सञ्चालन हुनेछ र प्रतियोगिताको विजेताले ६ लाख, उपविजेताले ३ लाख र तेस्रो हुने टिमले एक लाख रुपैयाँ प्राप्त गर्नेछन् । सर्वोत्कृष्ट खेलाडीले ३० हजार र विधागततर्फका उत्कृष्टले जनही २० हजार रुपैयाँ प्राप्त गर्ने बताईएको छ । प्रतियोगितामा सहभागी हुने खेलाडीको यातायात र बसोबासको व्यवस्था आयोजकले गर्ने बताएको छ ।

पत्रकार सम्मेलनमा अखिल नेपाल खेलकुद महासंघका अध्यक्ष शिव कोईराला ज्वालाले नेपालको लोकप्रिय खेलको रुपमा रहेको भलिबलको विकासमा ईटा थप्ने प्रयास स्वरुप प्रतियोगिताको सुरुवात गरिएको बताउनु भयाे । कोईरालाका अनुसार आगामी दिनमा प्रतियोगितालाई थप फराकिलो बनाउँदै लैजाने लक्ष्य छ ।

आयोजक नेश्नल स्पोर्ट्स एकेडेमीका अध्यक्ष दिपक कोईरालाले तत्कालिन प्रचण्ड नेतृत्वको सरकारले भलिबललाई राष्ट्रिय खेलको घोषणा गर्न उल्लेख्य भुमिका खेलेको उल्लेख गर्दै सो घोषणाको सम्मानमा भलिबल कार्यक्रमलाई अघि सारिएको बताउनु भयाे ।

‘तत्कालिन प्रचण्ड नेतृत्वको सरकारले भलिबललाई राष्ट्रिय घोषणा गरेको अवसर भलिबलको राष्ट्रिय प्रतियोगिताको सुरुवात गरेका छौं,’ कोईरालाले भन्नुभयाे, ‘गणतन्त्र, प्रचण्ड र भलिबल बीचको संयोजनको रुपमा कार्यक्रमलाई अघि सारेका छौं ।’

कार्यक्रममा राष्ट्रिय खेलकुद परिषदका बोर्ड सदस्यद्धय अन्जन धमला र सम्राट कुसारी तथा नेपाल भलिबल संघका उपाध्यक्ष याम गुरुङ सहितको उपस्थिती रहेको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?