ताजा खबर

हेटौँडा-काठमाडौं जोड्ने कान्तिलोकपथ सडक अवरुद्ध

नागरिक पोष्ट

शनिबार, ११ जेष्ठ २०८२

6937 views

6937 views

हेटौँडा-काठमाडौं जोड्ने कान्तिलोकपथ सडक अवरुद्ध

मकवानपुर। हेटौँडा–काठमाडौं जोड्ने कान्तिलोकपथ सडक शुक्रबार रातिदेखि अबरुद्ध भएको छ ।

मकवानपुरको भीमफेदी गाउँपालिका–८ र ललितपुरको बागमती गाउँपालिका–२ जोड्ने बागमती पुलको साइडमा भरिएको ग्राभेल माटो वर्षासँगै आएको बाढीले बढाएपछि सडक पूर्ण रुपमा अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले जानकारी दिए ।

सडक अवरुद्ध भएपछि सवारीसाधन आवतजावत बन्द भएको र खुलाउने पहल भइरहेको उनले बताए ।

कान्तिलोकपथ सडक अवरुद्ध रहेकाले हेटौँडा–काठमाडौं आवतजावत गर्न वैकल्पिक सडक प्रयोग गर्न उनले आग्रह गरेका छन् ।

 

 

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?