४ असार २०८२, बुधबार
ताजा खबर

गिनिज वर्ल्ड रेकर्ड होल्डर सज्जन डंगोलद्वारा सगरमाथा सफल आरोहण, टोखा नगरपालिकाबाट विशेष सम्मान

नागरिक पोष्ट

शुक्रबार, १० जेष्ठ २०८२

1735 views

1735 views

गिनिज वर्ल्ड रेकर्ड होल्डर सज्जन डंगोलद्वारा सगरमाथा सफल आरोहण, टोखा नगरपालिकाबाट विशेष सम्मान

काठमाडौं । काठमाडौं टाेखाका सज्जन डंगोलले विश्वको सर्वोच्च शिखर सगरमाथा (Mt. Everest) सफलतापूर्वक आरोहण गरेका छन् । उनले २०८२ सालको बैशाख ३१ गते बिहान ७:५० बजे सगरमाथाको शिखरमा नेपाली झन्डा फहराउँदै ऐतिहासिक पाइला टेकेका हुन् ।


यो गौरवपूर्ण उपलब्धिपछि टोखा नगरपालिकाले विशेष सम्मान कार्यक्रमको आयोजना गर्दै डंगोललाई नगरको नाम उच्च बनाएकोमा कृतज्ञता प्रकट गरेको छ । टोखा नगरपालिकाको आयोजनामा नगर प्रमुख प्रकाश अधिकारीद्वारा नगर खेलकुद विकास समितिका संयोजक एवं वडा नं. ७ का वडा अध्यक्ष नरोत्तम राना तथा अन्य पदाधिकारीहरूको विशेष उपस्थितिमा डंगोललाई सम्मानपत्र, दोसल्ला र फूलमालाले सम्मान गरिएको हो ।

कार्यक्रमलाई सम्बोधन गर्दै नगर प्रमुख प्रकाश अधिकारीले भन्नुभयाे, "सज्जन डंगोलले सगरमाथा आरोहणमार्फत टोखा नगरको मात्र होइन, सम्पूर्ण मुलुकको गौरव बढाउनुभएको छ । उहाँको यस सफलताले हाम्रा युवाहरूलाई प्रेरणा मिल्नेछ । टोखा नगरपालिकाको तर्फबाट हामी उहाँलाई हार्दिक बधाई र धन्यवाद दिन चाहन्छौं ।"

कार्यक्रमका अन्य वक्ताहरूले पनि डंगोलको साहस, आत्मबल, अनुशासन र पर्वतारोहणमा पुर्‍याएको योगदानको उच्च प्रशंसा गर्नु भएकाे थियाे । हाल बेलायतमा कार्यरत डंगोल गिनिज वर्ल्ड रेकर्ड होल्डरसमेत हुनुहुुन्छ ।

उहाँले सन् २०२४ को फेब्रुअरीमा एक घण्टामा वैकल्पिक खुट्टा प्रयोग गरेर ९,२१८ पटक फुटबल (सकर बल) टच गरी नयाँ विश्व कीर्तिमान कायम गर्नु भएको थियाे । सगरमाथा आरोहणसँगै उहाँले फेरि एकपटक नेपाली युवाहरूको साहस, लगनशीलता र अन्तर्राष्ट्रिय स्तरमा प्रतिस्पर्धा गर्ने क्षमता पुष्टि गर्नु भएको छ । उहाँको यस सफलताका लागि देश–विदेशबाट बधाई सन्देशहरू प्राप्त भइरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?