४ असार २०८२, बुधबार
ताजा खबर

सेखाङलुग्वा खोलामा लेदोसहितको पहिरो : हुम्लाको तिल गाउँ जोखिममा

नागरिक पोष्ट

सोमबार, ६ जेष्ठ २०८२

1429 views

1429 views

सेखाङलुग्वा खोलामा लेदोसहितको पहिरो : हुम्लाको तिल गाउँ जोखिममा

सुर्खेत । हुम्लाको नाम्खा गाउँपालिका–६ मा रहेको तिल गाउँमा जोखिममा रहेको छ । गत जेठ १ गते सेखाङलुग्वा खोलामा लेदोसहितको पहिरो आएपछि गाउँ जोखिममा परेको हो ।

पहिरोको जोखिम परेका १८ घरपरिवारका ३२ जनालाई जेठ १ गते राति नै विद्यालयमा राखिएको हुम्लाका प्रमुख जिल्ला अधिकारी नारायण पाण्डेयले बताए ।


‘अहिले पनि त्रिपालमा बस्दै आएका छन्,’ उनले भने,‘२१ महिला, ९ जना पुरुष र २ बालक छन् ।’ पहिरोका कारण तिल्चुङ खोलामा रहेका ५ वटा काठे पुल बगाएको गाउँपालिका अध्यक्ष प्रेमबहादुर लामाले बताए ।

‘लेदोसहित पहिरो आउनुको कारणका विषयमा अध्ययन भइरहेको छ ,’ उनले भने,‘जोखिममा परेको गाउँका मानिस अहिले सुरक्षित स्थानमा राखिएको छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?