४ असार २०८२, बुधबार
ताजा खबर

चिनियाँ प्रतिनिधिमण्डलद्वारा प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटवार्ता, द्विपक्षीय सम्बन्ध सुदृढ बनाउन छलफल

नागरिक पोष्ट

बिहीबार, २ जेष्ठ २०८२

1497 views

1497 views

चिनियाँ प्रतिनिधिमण्डलद्वारा प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटवार्ता, द्विपक्षीय सम्बन्ध सुदृढ बनाउन छलफल

काठमाडाैं, १ जेष्ठ । चीनको राष्ट्रिय जनकांग्रेस स्थायी समितिका उपाध्यक्ष सियाओ जिई नेतृत्वको चिनियाँ प्रतिनिधिमण्डलले बिहीबार प्रधानमन्त्री केपी शर्मा ओलीलाई शिष्टाचार भेट गरेको छ।

प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटवार्तामा चिनियाँ प्रतिनिधिमण्डलले यही मे १६ देखि काठमाडौंमा सुरु हुने “सगरमाथा संवाद” को सफलताका लागि शुभकामना व्यक्त गरेको छ।

सियाओ जिईले नेपाल–चीनबीचको लामो समयदेखिको मित्रवत् सम्बन्धलाई थप सुदृढ बनाउन चीन प्रतिबद्ध रहेको जनाएका छन्। साथै, उनले गत डिसेम्बरमा प्रधानमन्त्री ओलीको चीन भ्रमणको सफलतालाई स्मरण गर्दै नेपालको विकास र समृद्धिका लागि शुभकामना पनि व्यक्त गरे।

भेटका क्रममा प्रधानमन्त्री ओलीले नेपाल–चीन सम्बन्धलाई लामो समयदेखि समस्या रहित, घनिष्ठ र सौहार्दपूर्ण रहेको बताएका छन्। साथै, उनले चीनको प्रविधि र विश्वव्यापी प्रभावशाली विकासको प्रशंसा गर्दै त्यसबाट नेपालले सिक्न सक्ने धेरै कुरा रहेको उल्लेख गरे।

सन् २०१९ मा भएको चिनियाँ राष्ट्रपति सी जिनपिङको नेपाल भ्रमणलाई प्रधानमन्त्री ओलीले “बहुआयामिक र ऐतिहासिक” भएको बताएका छन्। उनले नेपालले एक–चीन नीतिप्रति आफ्नो दृढ प्रतिबद्धता दोहोऱ्याउँदै दुई देशबीच भएका सहमति कार्यान्वयनका लागि दुवै पक्षबाट सक्रिय पहल आवश्यक रहेकोमा जोड दिए।

भेटवार्तामा प्रधानमन्त्रीका प्रमुख सल्लाहकार विष्णु प्रसाद रिमाल, नेपालका लागि चिनियाँ राजदूत चेन सोङ, चीनका लागि नेपाली राजदूत डा. कृष्ण प्रसाद ओली र परराष्ट्र मन्त्रालयका उच्च अधिकारीहरू पनि सहभागी थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?