४ असार २०८२, बुधबार
ताजा खबर

बनाइन्थ्यो लाइसेन्स, सर्टिफिकेट र डिपेन्डेन्ट भिसालाई नक्कली बिहे दर्ता प्रमाण पत्रसम्म

नागरिक पोष्ट

बिहीबार, २ जेष्ठ २०८२

1480 views

1480 views

बनाइन्थ्यो लाइसेन्स, सर्टिफिकेट र डिपेन्डेन्ट भिसालाई नक्कली बिहे दर्ता प्रमाण पत्रसम्म

काठमाडौं । काठमाडौंको तारकेश्वर नगरपालिकामा किर्ते कागजात बनाउने कारखानामा भेटिएको छ ।

उक्त कारखानामा प्रहरीले छापा मारेर तीनजनालाई पक्राउ गरेको छ ।


तारकेश्वर नगरपालिका-७ स्थित फुटुङमा विभिन्न सरकारी कार्यालय, स्थानीय तह, बैंक तथा वित्तीय संस्था, शैक्षिक प्रमाणपत्र आदि किर्ते गरी नक्कली बनाउने गरेको कारखानामा प्रहरीले बुधबार छापा मारेको हो ।

यसबारे प्रहरीले बिहीबार पत्रकार सम्मेलन गरी जानकारी दिएको छ । प्रहरीले किर्ते कागजात बनाउने तीनजनालाई पनि पक्राउ गरेको छ।


पक्राउ पर्नेमा गोरखाको भीमसेन थापा गाउँपालिका-१ का अञ्जनी बयलकोटी, ओखलढुंगा चम्पादेवी गाउँपालिका-७ का निर्मल खड्का र मकवानपुर कैलान गाउँपालिका-२ की अञ्जु खत्री छन् ।

उनीहरूले ८ वर्षदेखि सरकारी तथा गैरसरकारी कार्यालयका कागजात, स्थानीय तहको सिफारिस, शैक्षिक संस्थाको प्रमाणपत्र, जग्गाधनी पूर्जा, सवारी चालक अनुमति पत्रलगायत कागजात किर्ते गरी नक्कल बनाएर प्रयोग तथा प्रचलनमा ल्याउने गरेको प्रहरीले जनाएको छ ।

उनीहरूले डिपेन्डेन्ट भिसाका लागि नक्कली विवाह दर्ता प्रमाणपत्रसमेत बनाउने गरेको पाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?