४ असार २०८२, बुधबार
ताजा खबर

सर्वोच्चले सरकारसँग माग्यो रवीन्द्र मिश्रलाई थुनामा राख्नुको कारण

नागरिक पोष्ट

बिहीबार, २ जेष्ठ २०८२

1378 views

1378 views

सर्वोच्चले सरकारसँग माग्यो रवीन्द्र मिश्रलाई थुनामा राख्नुको कारण

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रलाई थुनामा राख्नुको कारण पेस गर्न सर्वोच्च अदालतले आदेश दिएको छ ।

बुधबार मिश्रकी पत्नी सारिका कार्कीले दायर गरेको प्रत्यक्षीकरणको रिटमा सुनुवाइ गर्दै न्यायाधीश सुनिलकुमार पोखरेलको इजलासले थुनामा राख्नुको कारण पेस गर्न सरकारका नाममा आदेश दिएको हो । रिटमा गृह मन्त्रालयलाई विपक्षी बनाइएको थियो ।

तीनकुने घटनामा संलग्न रहेको आरोपमा मिश्र ४६ दिनदेखि प्रहरी हिरासतमा छन् । उनी गत चैत १५ गते पक्राउ परेका थिए । उनीसँगै पक्राउ परेका राप्रपाका महामन्त्री धवलशमशेर राणा र स्वागत नेपाल छुटिसकेका छन्। दुवैजना हाजिर जमानीमा रिहा भएका हुन्। तर, उनी छुटेका छैन् ।

मंगलबार मात्रै मिश्रलाई थप पाँच दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले अनुमति दिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?