४ जेष्ठ २०८२, शनिबार
ताजा खबर

आईपीएल : १८० रनको लक्ष्य पछ्याउँदै चेन्नई

नागरिक पोष्ट

बुधबार, २४ बैशाख २०८२

919 views

919 views

आईपीएल : १८० रनको लक्ष्य पछ्याउँदै चेन्नई

काठमाडौं  ।  इण्डियन प्रिमियर लिग (आईपीएल) मा कोलकोता नाइट राइडर्सले चेन्नई सुपर किङ्सलाई मध्यम लक्ष्य दिएको छ ।

इडेन गार्डेन क्रिकेट रंगशालामा टस जितेर पहिले ब्याटिङ गरेको कोलाकाताले चेन्नईलार्य १८० रनको लक्ष्य दिएको हो । कोलकाताले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १७९ रन बनाएको हो ।

उनका लागि अजिन्क्या रहानेले सर्वाधिक ४८ रन बनाए । ३३ बलको सामना गरेको उनले ४ चौका र २ छक्का प्रहार गरे ।

यस्तै आन्द्रे रसलले ३८ रन, मनिष पाण्डे अविजित ३६, सुनिल नारायणले २६ रन बनाए ।

बलिङतर्फ चेन्नईका नुर अहमदले सर्वाधिक ४ विकेट लिए । ४ ओभर बलिङ गर्दै उन ३१ रन खर्चिए । जवाफी ब्याटिङ थालेको चेन्नईले ४ ओभरमा तीन विकेट गुमाएर ५३ रन बनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?