मंगलवार, २३ बैशाख २०८२
12445 views
12445 views
राष्ट्रपति पौडेलबाट सम्मान, नगद ३० हजार र सम्मानपत्र प्राप्त
काठमाडौँ, २३ बैशाख - गोरखापत्र दैनिकमा कार्यरत फोटो पत्रकार कविता थापालाई राष्ट्रिय सूचना आयोगले ‘उत्कृष्ट सूचना अभियन्ता पुरस्कार’ प्रदान गरेको छ। आयोगको १८औं स्थापना दिवसको अवसरमा आयोजित समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलले थापालाई नगद ३० हजार रुपैयाँ र सम्मानपत्रसहित उक्त पुरस्कार प्रदान गरेका हुन्।
थापाले सूचना पहुँचको क्षेत्रमा उल्लेखनीय योगदान पुर्याएको भन्दै आयोगले उनलाई यो सम्मान प्रदान गरेको हो। प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको सुदृढीकरणमा फोटो पत्रकारितामार्फत थापाको भूमिकालाई आयोगले उच्च मूल्याङ्कन गरेको जनाएको छ।
थापा विगत एक दशकदेखि गोरखापत्रमा आवद्ध रहेकी छन् र उनले सामाजिक सरोकारका विषयमा गहिरो प्रभाव पार्ने तस्बिरहरूमार्फत जनचेतना अभिवृद्धिमा योगदान पुर्याउँदै आएकी छन्।