३ जेष्ठ २०८२, शुक्रबार
ताजा खबर

यु–१९ पुरुष साफ च्याम्पियनसिपमा सहभागी हुने नेपाली राष्ट्रिय टोलीको बिदाइ

नागरिक पोष्ट

सोमबार, २२ बैशाख २०८२

919 views

919 views

यु–१९ पुरुष साफ च्याम्पियनसिपमा सहभागी हुने नेपाली राष्ट्रिय टोलीको बिदाइ

काठमाडौं । यु–१९ पुरुष साफ च्याम्पियनसिपमा सहभागी हुने नेपाली राष्ट्रिय टोलीलाई बिदाइ गरिएको छ ।

सोमबार एन्फा कम्प्लेक्स सातदोबाटोमा अध्यक्ष पंकजविक्रम नेम्वाङले नेपाली राष्ट्रिय टोलीलाई बिदाइ गरेका हुन् । सो क्रममा अध्यक्ष नेम्वाङले उच्च मनोबलका साथ अनुशासित भएर मैदान उत्रन आग्रह गरे ।


उनले आफू एन्फाको जिम्मेवारीमा रहेसम्म नेपाली फुटबल र खेलाडी लगायतका सरोकार निकायसँग इमानदार भएर काम गर्ने प्रतिबद्धता गरे। भ्रष्टाचारीहरुले लगाएका आरोपहरूलाई कहिल्यै पनि सत्य हुन नदिने प्रतिबद्धता उनले जनाए ।

यु–१९ पुरुष साफ च्याम्पियनसिप यही वैशाख २६ गतेदेखि जेठ ४ गतेसम्म भारतमा आयोजना हुनेछ । च्याम्पियनसिपमा माल्दिभ्स, भुटान र बंगलादेश समूह ’ए’ मा छन् भने नेपाल, आयोजक भारत र श्रीलंका समूह बीमा छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?