सोमबार, १५ बैशाख २०८२
18191 views
18191 views
राष्ट्रिय फोटो पत्रकार समूह (NFPAJ) नेपालले शनिबार काठमाडौंमा आयोजना गरेको “पाँचौं राष्ट्रिय फोटो पत्रकारिता अवार्ड २०२५” समारोहमा थापालाई अवार्ड प्रदान गरिएको हो।
महिला फोटो पत्रकारिता विधामा थापा सहित पाँच जना पत्रकारहरूको नाम मनोनयनमा परेको थियो। ती मध्ये उत्कृष्ट प्रदर्शनका आधारमा थापालाई विजेता घोषणा गरिएको हो।
अवार्ड समारोहमा प्रतिनिधि सभा सभामुख देवराज घिमिरे, ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्री दिपक खड्का, राष्ट्रिय फोटो पत्रकार समूहका अध्यक्ष नरेन्द्र श्रेष्ठ लगायत विभिन्न क्षेत्रका विशिष्ट व्यक्तिहरूको उपस्थिति रहेको थियो।
समारोहमा महिला फोटो पत्रकारिता सहित आठ विधामा उत्कृष्ट फोटो पत्रकारहरूलाई सम्मान गरिएको थियो। पुरस्कार विजेताहरूलाई ट्रफी, प्रमाणपत्र र नगद राशिसमेत प्रदान गरिएको आयोजकले जनाएको छ।
राष्ट्रिय फोटो पत्रकार समूहले हरेक वर्ष फोटो पत्रकारिताको क्षेत्रमा विशेष योगदान पुर्याउने पत्रकारहरूलाई सम्मान गर्दै आएको छ। यस वर्ष पनि देशभरबाट उत्कृष्ट तस्वीरहरू छनोट गरी विभिन्न विधामा अवार्ड प्रदान गरिएको हो।
कविता थापाले पत्रकारिता क्षेत्रमा लामो समयदेखि योगदान दिँदै आएकी छन्। विशेषगरी सामाजिक मुद्दा, महिला र बालबालिकासम्बन्धी विषयहरूमा फोटो पत्रकारितामार्फत जनचेतना अभिवृद्धिमा उनले उल्लेखनीय काम गरेकी छन्।
थापाले अवार्ड जितेपछि खुसी व्यक्त गर्दै भनिन्, “यो अवार्डले मेरो जिम्मेवारी अझ बढाएको छ। म फोटो पत्रकारितामार्फत समाजका विविध आयामहरू उजागर गर्न निरन्तर लागिरहने छु।”