४ जेष्ठ २०८२, शनिबार
ताजा खबर

आईआईएफटी नेपालले ‘ड्रेस टू इम्प्रेस’ आयोजना गर्ने

नागरिक पोष्ट

आईतवार, १४ बैशाख २०८२

1344 views

1344 views

आईआईएफटी नेपालले ‘ड्रेस टू इम्प्रेस’ आयोजना गर्ने

काठमाडौं । आईआईएफटी स्कूल अफ फेशन एण्ड इटेरियर डिजाइन ले ११औँ संस्करणको ‘ड्रेस टू इम्प्रेस’ आयोजना गर्ने भएको छ । 

आगामी २० गते नेपाल प्रज्ञा प्रतिष्ठान (कलादी)मा कार्यक्रम आयोजना गर्न लागिएको आईआईएफटी नेपालका अध्यक्ष फुपूतेञ्जिङ शेर्पाले जानकारी दिए । 

श्री रिद्धी–सिद्धि ज्वेलर्सको मुख्य प्रयोजन तथा प्यासन टिस्यु र बेरिना प्रोफेशनलसको सह–प्रयोजनमा आयोजना गरिने कार्यक्रममा आईआईएफटी स्कूल अफ फेशन डिजाइनका विद्यार्थीहरूले चारवटा ‘थिम’मा डिजाइन गरी आफ्नो सृजनाहरू प्रदर्शन गर्ने छन् । कार्यक्रममा १३७ जना विद्यार्थीले सहभागिता जनाउने अध्यक्ष शेर्पाले जानकारी दिए । 

उनका अनुसार ‘ड्रेस टू इम्प्रेस’ आईआईएफटी स्कूल अफ फेशन डिजाइनमा अध्यनरत विद्यार्थीहरूले आफ्ना लागि आफैंले ड्रेस बनाएर, आफैं लगाएर आफैं स्टेजमा ‘शो’ गर्ने कार्यक्रम हो । कार्यक्रमको प्रि–जजिङ राउण्ड गत शनिबार होटेल गुडविलमा सम्पन्न भइसकेको छ । 
उक्त प्रि–जजिङ राउण्ड कार्यक्रमको निर्णायकमा फेशन डिजाइनरहरू महेश महर्जन, रोपुमा मानन्धर र समिरा शाक्य छन् । 

आईआईएफटी स्कूल अफ फेशन एण्ड इन्टेरियर डिजाइन काठमाडौंको बागबजार प्लाजा, हेरिटेज  प्लाजा र ललितपुरको कुमारीपाटीमा सञ्चालित छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?