३ जेष्ठ २०८२, शुक्रबार
ताजा खबर

नेप्से १६.२१ अंकले घट्यो, कारोबार रकम ८ अर्ब ४३ करोड

नागरिक पोष्ट

आईतवार, ७ बैशाख २०८२

1344 views

1344 views

नेप्से १६.२१ अंकले घट्यो, कारोबार रकम ८ अर्ब ४३ करोड

काठमाडौं, ७ वैशाख । आइतबार नेपाल स्टक एक्सचेञ्ज नेप्से १६.२१ अंकले घटेकाे छ। आज सेयर बजार मापक नेप्से परिसुचक ०.५९ प्रतिशतले घटेर २ हजार ७ सय ६.५१ बिन्दुमा पुगेको छ।

यस दिन २ करोड १३ लाख २३ हजार ९६७ कित्ता सेयर ८ अर्ब ४३ करोड ३५ लाख ८९ हजारमा कारोबार भएको छ। गत बिहिबार २ करोड ३७ लाख ७३ हजार कित्ता शेयर किनबेच हुँदा १० अर्ब ७९ करोडको कारोबार भएकाे थियाे ।

आज कारोबार भएको बजारमा ५३ कम्पनीको सेयर मुल्य बढेको छ भने १९२ वटाको घटेको छ। यस्तै एउटाको सेयर मूल्य स्थिर रहेको छ।

यस दिन कुनै पनि कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छैन् भने नेपाल माइक्राे इन्सुरेन्स्काे सेयर मुल्य ९.९९ प्रतिशतले बढेको छ।

यस्तै आज कुनै पनि कम्पनीको सेयर मूल्यमा नकारात्मक सर्किट लागेको छैन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?