३ जेष्ठ २०८२, शुक्रबार
ताजा खबर

ग्लोबल आइएमई बैंकको ४ अर्ब ५३ करोड खुद नाफा

नागरिक पोष्ट

आईतवार, ७ बैशाख २०८२

1599 views

1599 views

ग्लोबल आइएमई बैंकको ४ अर्ब ५३ करोड खुद नाफा

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले चालू आर्थिक वर्षको तेश्रो त्रैमाससम्म ४ अर्ब ५३ करोड खुद मुनाफा गरेको छ। गत आर्थिक वर्ष बैंकले ३ अर्ब ३० करोड खुद मुनाफा गरेको थियो । खुद मुनाफा ३७.१२ प्रतिशत बढेको हो । खुद ब्याज आम्दानी ५.४६ प्रतिशत घटेको छ ।

कम्पनीको गत वर्ष १३ अर्ब २ करोड खुद ब्याज आम्दानी रहेकोमा यो वर्ष १२ अर्ब ३१ करोड खुद ब्याज आम्दानी रहेको छ । संचालन मुनाफा ३४.४१ प्रतिशतले बढेको छ । यो वर्ष ६ अर्ब ३३ करोड संचालन मुनाफा रहेकोमा गत वर्ष ४ अर्ब ७१ करोड संचालन मुनाफा थियो ।

कम्पनीको प्रति शेयर नेट्वर्थ १७३.४७ रहेको छ । प्रतिशेयर आम्दानी १२.२० बाट बढेर १५.८६ रुपैयाँ पुगेको छ। वितरण योग्य मुनाफा ३ अर्ब ५४ करोड ९२ लाख रहेको छ । कम्पनीले ५ खर्ब १७ अर्ब निक्षेप उठाएको छ भने ४ खर्ब १३ अर्ब कर्जा दिएको छ।

कम्पनीको खराब कर्जा बढेर ४.९८ प्रतिशत पुगेको छ। गत वर्षको खराब कर्जा ४.७४ प्रतिशत थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?