३ जेष्ठ २०८२, शुक्रबार
ताजा खबर

अपर तामाकोशीको अध्यक्षमा हितेन्द्र देव शाक्य नियुक्त

नागरिक पोष्ट

शुक्रबार, ५ बैशाख २०८२

1293 views

1293 views

अपर तामाकोशीको अध्यक्षमा हितेन्द्र देव शाक्य नियुक्त

काठमाडौँ । अपर तामाकोशी हाइड्रोपावर कम्पनीको अध्यक्षमा विद्युत प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्र देव शाक्य नियुक्त भएका छन् । शाक्य अपर तामाकोशीमा प्राधिकरणको प्रतिनिधिको रुपमा गएका हुन् ।

‘नेपाल विद्युत प्राधिकरणको प.स. २०८१/०८२ के.क.प्र.शा. च.नं. ६७५ मिति २०८१/१२/२१ पत्रानुसार नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्र देव शाक्यलाई उक्त संस्थाको प्रतिनिधिको रुपमा अपर तामाकोशी हाइड्रोपावर लिमिटेडको संचालकमा मनोनयन गरिएकोमा कम्पनी संचालक समितिको मिति २०८१/१२/२९ को २९६औं बैठकबाट निजलाई संचालकको रुपमा स्वागत गरी सोही बैठकबाट संचालक समितिको अध्यक्षमा सर्वसम्मत चयन गरिएको व्यहोरा जानकारीको लागि अनुरोध छ’ पत्रमा भनिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?