२ जेष्ठ २०८२, बिहीबार
ताजा खबर

बालबालिकाको स्वास्थमा जंक फुडकाे कस्तो असर हुन्छ

नागरिक पोष्ट

बिहीबार, ४ बैशाख २०८२

1514 views

1514 views

बालबालिकाको स्वास्थमा जंक फुडकाे कस्तो असर हुन्छ

काठमाण्डौँ  । अहिलेको ब्यस्त जिवनशैलीले गर्दा कामकाजी अभिभावकहरुले बालबालिकाको लागि खाजा बनाउन समय नमिलेको र घर आउदा केही किनेर लगिदिउ भन्न मन लाग्ने वा आफै पनि बालबालिकाले बाहिरको खानेकुराहरु  (जंक फुड) किनेर मज्जाले किनेर खाइरहेका हुन्छन् । कहिलेकाही त हो नि भनेर अभिभावकले पनि त्यति वास्ता गर्दैनन् , तर त्यो कहिलेकाही दिनहुँ हुने गर्दछन, त्यस्को स्वास्थ्यमा कस्तो असर पर्छ वा कति हदसम्म नराम्रो असर गर्न सक्छ त्यो कसैले पनि बुझेका हुदैनन् । सोधिहाल्यो भने , ए होइन कहिलेकाही त हो नि खाने, आफै बुझ्छन यिनिहरु भनेर कुरा पन्छाइ दिन्छन।

कुनै स्कुलमा खानाको ब्यबस्था नभएको छ भने टिफिनमा पनि कहिलेकाही बाहिरको खाजा पनि लिएर जान्छन । तर अहिले धेरैजसो स्कुलमा खाजाको राम्रो ब्यबस्था हुने गरेको छ। तर खाजाको मेनुमा कत्तिको पोषिलाे छ त त्यो सबैलाई थाहा नहुन सक्छन् , ठुलठुला स्कुलमा त बिहानको खाना, लन्चमा  खानासङै चाउमिन, फ्राइ राइस, मैदाको पुरी पनि अतिरिक्तमा राखिएको हुन्छ , हेर्दा त खाउ खाउ जस्तो हुन्छ, तर नेपाली खानाको लाइनमा यो खाना भएमा त दालभात खाने भन्दा चाउमिन, नुडल्स नै बढी रोज्ने हुन्छन् । एक बिद्यालय एक नर्सको नारा जस्तै ,एक बिधालय एक पोषण बिज्ञ किन राखेका छैनन् त के बालबालिकाको लागि  शिक्षा मात्रै महत्त्व रहेको छ ? के पोषणको महत्त्व कम हुन्छ त? पक्कै पनि हुन्न । एक स्वस्थ बालबालिकाले नै सानैदेखि हरेक परिक्षामा सहजै उत्रीण गर्न सक्छ। जब शारीरिकरुपले नै स्वास्थ्य छैनौ भने जतिसुकै पढ्न दिए नि राम्रो हुन सक्दैन । 

आफै प्रश्न गरौ के बालबालिकाको शारीरिक , बौद्धिक , मानसिक बिकासमा पोषणको महत्त्व छैन र?

बालबालिकाको उचाइ, हुर्काइ , बढाइमा वा भनौ सम्पुर्ण स्वास्थ्यमा कम भुमिका छ र? यो प्रश्न अब हरेक अभिभावकले गर्नुपर्ने हुन्छ । 

जंक अर्थात पत्रु खानाको सेवनले स्वास्थ्यमा के के नकारात्मक असरहरु हुनसक्छ भन्ने कुराहरू यसप्रकार रहेको छ। 

@ मोटोपना - यसमा क्यालोरी र चिल्लो पदार्थ अत्ति नै बढी भएको कारणले मोटोपना बढी रहेको छ, खासगरी बालबालिका र युवा अवस्थाको जेनेरेसनमा बढी नै सेवन गरेको पाइएको छ, करेन्ट चाउ चाउ त सबैको मन पर्ने खाजामा पर्दछन।  यसको स्वादका फ्यान धेरैजना छन। यसले पेट  तथा आन्द्रामा हुने सम्भावना बारेमा थाहा हुँदा हुँदै पनि खान कम गरेको छैन। ग्यास्टिक , पेट दुख्ने, महिनावारि अनियमित हुने किशोरीहरुको अहिलेको मुख्य समस्या हो। भोक कम लाग्ने, अल्छि हुने,बौद्धिक बिकासमा ह्राश हुने, काममा रुचि कम, पढ्नमा  ध्यान केन्द्रित  कम हुने आदि हुन्छन। घर भित्रै बस्ने , इन्डोर गेमहरुमा रुचि हुने आउटडाेर गेमहरु त अहिले कम भएको छ, चाहिने पोषणको कमिले गर्दा अहिलेको मुख्य कारण रहेको छ। 

डिप्रेसन , मानसिक तनाव , अनिन्द्रा, थकाइ हुने, दातको जोखिम , उचाइमा अवरोध हुने, मधुमेह , थाइरोइड , क्यान्सर , आन्द्राको रोग, छालाको समस्या , बौद्धिक बिकासमा झाडा पखाला , भमीट हुने, वाकवाकी लाग्ने शरीरमा पानीको  कमि आदि समस्या हुने गर्दछन। 

पोषक तत्वको कमि प्रोटिन , हुने भएकोले विभिन्न सुक्ष्म तत्वको कमि एनेमिया, रक्त अल्पत्ता, आयोडिनको कमि, विभिन्न भिटामीनको कमि आदि हुन्छ। 

क्यान्सरको जोखिम बढी हुन्छन् , मैदाको सबैभन्दा बढी उपयोग भएकोले यसमा सुक्ष्म पोषक तत्व हुदैन,

मानसिक तनाव ( अत्यधिक चिल्लो पदार्थ भएकोले) 

शरीरमा एनेर्जीको कमि ( फाइबरको कमि ) 

मिर्गौला रोगको जोखिम ( नुन अत्यधिक हुने भएकोले) 

मधुमेहको सम्भावना ( चिनिको मात्रा बढी भएकोले ) 

क्यान्सरको जोखिम ( मैदा, गुलियो अत्यधिक भएकोले) 

पेट तथा आन्द्राको समस्या 

अरुचि , आखाको समस्या 

कब्जियत, ग्यास्टिक 

मुटु रोगको जोखिम 

रोगप्रतिरोघात्मक क्षमतामा कमि हुने

पोषक तत्वको कमि , अत्यधिक  नराम्रो चिल्लो पदार्थको बढी भएकोले चाहिने फाइबरको कमि हुने अन्य चाहिने पोषक तत्वको कमि भएकोले विभिन्न रोगहरु लाग्ने हुन्छन् ।

अनिन्द्रा , पढ्नमा ध्यानाकर्षण कम हुने, एकहोरो मोबाइल आदिले गर्दा अत्ति नै गार्हो भएको छ। 

अब कस्तो खानेकुराहरु बालबालिकालाई दिने त, घरमा बनाएको हरेक मौसममा पाइने खानेकुराको आ आफनै पोषक तत्व र महत्त्व रहेको हुन्छ। बालबालिकालाई हरेक खानेकुरा र यसमा पाइने हरेक पोषक तत्व र यसको फाइदाको बारेमा सहि जानकारी दिनु अत्ति नै आवस्यक हुन्छन् । जब स्कुलमा पोषणको सचेतनामुलक कार्यक्रम हुन्छन र अभिभावकलाई पनि यसको बारेमा जानकारी हुनु पर्नेहुन्छ। तर अहिले त धेरै स्कुलमा पोषण सम्बन्धि कार्यक्रम हुने गरेको हुन्छन् , यसको अहिले आवस्यक पनि हुन्छन् । 

हरेक अन्न , दालहरु, विभिन्न साग सब्जी, तारकारी, फलफूल हरेक खानेकुरामा फरक फरक पोषक तत्वहरु रहेको छ, जुन समग्रमा सम्पुर्ण स्वास्थ्यको लागि अपरिहार्य रहेको छ। 

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?