५ बैशाख २०८२, शुक्रबार
ताजा खबर

टोखामा अतिथि रेस्टुरेन्टको भव्य उद्घाटन, स्वास्थ्य र रोजगारीमा जोड

नागरिक पोष्ट

मंगलवार, २ बैशाख २०८२

664 views

664 views

टोखामा अतिथि रेस्टुरेन्टको भव्य उद्घाटन, स्वास्थ्य र रोजगारीमा जोड

टोखा, २०८२ बैशाख २  । टोखा नगरपालिका वडा नं। ८, ग्रीनल्याण्ड चोकमा नयाँ अतिथि रेस्टुरेन्टू को उद्घाटन समारोह भव्यतापूर्वक सम्पन्न भयो। कार्यक्रमको प्रमुख अतिथि समाजसेवी, राजनीतिक विश्लेषक डा. सुरेन्द्र केसीले रिबन काटेर रेस्टुरेन्टको शुभारम्भ गरे।

कार्यक्रममा रेस्टुरेन्टका  संचालक टिमबाट समाजसेवी तथा व्यवसायी दिपक न्यौपानेले यस रेष्टुरेन्टले स्थानीय राष्ट्रिय स्तरमा गुणस्तरीय खानपान सेवा, स्वास्थ्यलाई प्राथमिकता र युवा रोजगारीमा योगदान दिने बताए।

त्यस्तै टोखा नगरपालिका वडा ८ का वडा सदस्य अनुप राईले यसले टोखाको आर्थिक गतिविधि र पर्यटनमा सकारात्मक प्रभाव पार्ने आशा व्यक्त गरे। यसै गरी कार्यक्रम संयोजक पुष्कर राज पाण्डेले यो व्यवसाय मात्र होइन, स्वस्थ खानाको संस्कृति र स्थानीय रोजगारीको आधार हो भन्ने बताए।

यस्तै प्रमुख अतिथी डा.केसीले राष्ट्र निर्माणमा लगानी र व्यवसायीक मैत्री वातावरण आवश्यक छ। यस्ता प्रयासले अर्थतन्त्रलाई गतिशील बनाउँछ भन्दै सरकारलाई निजी क्षेत्रलाई प्रोत्साहन गर्न आह्वान गरे।


उक्त उद्घाटन समारोहमा स्थानीय व्यवसायी, सामाजिक संस्थाका प्रतिनिधिहरु, पत्रकार तथा युवा उद्यमीहरूको उल्लेखनीय सहभागिता रह्यो। कार्यक्रमको सञ्चालन सञ्चारकर्मी साबित्री बस्नेत सबु ले गरेकी थिइन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?