५ बैशाख २०८२, शुक्रबार
ताजा खबर

सरकारको कमजोरीको फाइदा प्रतिगामीले लिन खोज्दै छन् : प्रचण्ड

नागरिक पोष्ट

आईतवार, ३० चैत्र २०८१

511 views

511 views

सरकारको कमजोरीको फाइदा प्रतिगामीले लिन खोज्दै छन् : प्रचण्ड

काठमाडौं  । नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नयाँ वर्षको शुभकामना व्यक्त गरेका छन् । आइतबार राति एक भिडियो सन्देश जारी गर्दै प्रचण्डले नयाँ वर्षको शुभकामना दिएका हुन् ।

उक्त शुभकामना सन्देशमा प्रचण्डले पछाडि फर्केर नभई अगाडि बढेर भविष्य उज्यालो हुने उल्लेख गरेका छन् । ‘हामी गौरवशाली इतिहास बोकेका सार्वभौम नेपाली हौँ । हामीले न्याय स्वतन्त्रता र समानताका लागि त्याग,तपस्या र बलिदानका कयौँ किर्तिमान कायम गरेका छौँ । हाम्रो भविष्य पछाडि फर्केर होइन अगाडि बढेर मात्र उज्यालो बन्न सक्छ,’प्रचण्डले भिडियोमा भनेका छन् ।


उनले सरकारले दलाल र विचौलियाको पक्षमा स्वेच्छाचारी निर्णय लिरहँदा जनआक्रोश बढिरहेको बताए । जसको फाइदा प्रतिगामी शक्तिहरुले लिइरहेको प्रचण्डको भनाइ छ । सुशासनका नयाँ मानकहरु स्थापित गर्दै देशलाई उन्नत र समृद्ध राष्ट्र निर्माण गर्न एकतावद्ध भएर अघि बढ्नुपर्ने उनले भिडियमा उल्लेख गरेका छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?