५ बैशाख २०८२, शुक्रबार
ताजा खबर

प्रमुख प्रशासकीय अधिकृत नहुँदा भुक्तानीमा समस्या

नागरिक पोष्ट

आईतवार, ३० चैत्र २०८१

511 views

511 views

प्रमुख प्रशासकीय अधिकृत नहुँदा भुक्तानीमा समस्या

हुम्ला । हुम्लाको अदानचुली गाउँपालिका तीन महिनादेखि प्रमुख प्रशासकीय अधिकृतविहीन भएको छ ।

सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले गत माघ ९ गते अदानचुली गाउँपालिकालगायत जिल्लाका सबै गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृतलाई सरुवा गरेको थियो ।


अन्य गाउँपालिकामा मन्त्रालयले खटाएका प्रमुख प्रशासकीय अधिकृतले कामकाज गरे पनि अदानचुलीमा खटाइएका परराष्ट्र मन्त्रालयमा कामकाज गरिरहेका ताम्रराज काफ्ले गाउँपालिकामा जान नमानेपछि समस्या भएको जनाइएको छ ।

प्रमुख प्रशासकीय अधिकृत नहुँदा योजनाको भुक्तानी, कर्मचारीको पारिश्रमिक, जनप्रतिनिधिको सेवा सुविधालगायत आवश्यकीय रकम भुक्तानीमा समस्या भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?