२ जेष्ठ २०८२, बिहीबार
ताजा खबर

डोटीमा चट्याङ लागेर एक जनाको मृत्यु, सात जना घाइते

नागरिक पोष्ट

बिहीबार, २७ चैत्र २०८१

1531 views

1531 views

डोटीमा चट्याङ लागेर एक जनाको मृत्यु, सात जना घाइते

धनगढी।डोटीमा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ भने ७ जना घाइते भएका छन् ।

बुधबार राति सायल गाउँपालिका वडा ६ दल्लेखका लहरी नागरीको घरमा चट्याङ लागेर उनकी श्रीमती अन्दाजी ३२/३३ बर्षीय कमला नगरीको मृत्यु भएकाे जिल्ला प्रहरी कार्यालय डोटीका प्रमुख प्रहरी उपरीक्षक विनोद शर्माले जानकारी दिए ।

चट्याङमा घाइतेहरूलाई उपचारका लागि जिल्ला अस्पतालमा डोटीमा ल्याइँदै गरेको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ ।

घाइते हुनेमा मृतक नागरीकी १० वर्षीया छोरी तारा नागरी उनकै छोराहरू ८ बर्षीय अविशेक नागरी ६ बर्षीय अबि नागरी र ३ महिने शंकर नागरी सोही ठाउँकी ४० वर्षीय तारा नागरी ८० वर्षीया कालि दमाई र ६ बर्षीय खुशी नागरी रहेको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?