नागरिक पोष्ट
बिहीबार, २७ चैत्र २०८१
3979 views
3979 views
काठमाडौं । हङकङमा जारी चारदेशीय टी-२० आई सिरिज अन्तर्गत बिहीबार बिहान जारी खेलमा कुवेतले नेपाललाई १८६ रनको लक्ष्य दिएको छ।
नेपालविरुद्ध सुरुमा ब्याटिङ गरेको कुवेतले पूरै २० ओभर खेल्दै आठ विकेटको क्षतिमा १८५ रन बनाएको हो।
हङकङको टिन क्वाङ रोड रिक्रिएसन ग्राउन्डमा टस जितेर सुरुमा फिल्ड रोजेको नेपालका बलरविरुद्ध कुवेतले सुरुको पाँच ओभर आक्रामक ब्याटिङ गरेको थियो। कुवेतका लागि क्लिन्टो एन्टोले सर्वाधिक ४१ रन बनाउँदा मिट भासरले ३५, बिलाल ताहिरले ३२, रविजा सन्दारुवानले २६ रन जोडे।
नेपालका लागि सोमपाल कामीले तीन विकेट लिँदा नन्दन यादवले दुई विकेट हात पारे। ललित राजवंशी र कुशल भुर्तेलले एकएक विकेट हात पारे। नेपालका लागि करण केसी र दीपेन्द्रसिंह ऐरी महंगा सावित भए।
यो चारदेशीय टी–२० आई सिरिजमा नेपालको यो दोस्रो खेल हो । पहिलो खेलमा बुधबार नेपालले कतारलाई आठ विकेटले पराजित गरेको थियो। बुधबार कतारले जितका लागि दिएको १५२ रनको लक्ष्य नेपालले १७ ओभरमा दुई विकेट गुमाउँदै पूरा गरेको थियो।