२ जेष्ठ २०८२, बिहीबार
ताजा खबर

दिवङ्गत पत्रकार सुरेश रजकको सम्झनामा दीप प्रज्वलन

नागरिक पोष्ट

बुधबार, २६ चैत्र २०८१

902 views

902 views

दिवङ्गत पत्रकार सुरेश रजकको सम्झनामा दीप प्रज्वलन

काठमाडौं । नेपाल पत्रकार महासङ्घले दिवङ्गत स्वर्गीय पत्रकार सुरेश रजकको सम्झनामा आज बेलुका माइतीघरमा मण्डलामा दीप प्रज्वलन गरेको छ ।

महासङ्घको अगुवाइमा पत्रकारहरुले माइतीघर मण्डलामा दीप प्रज्वलन गरी यही चैत १५ गते दिवङ्गत भएका पत्रकार रजकप्रति श्रद्धाञ्जली अर्पण गरेका हुन् ।


पत्रकारहरूले सुरेशको नाम लेखेर मैनबत्ती बालेका थिए । पूर्वराजाका समर्थकहरुले तीनकुनेमा गरेको प्रदर्शनका क्रममा घरभित्र रहेका रजकको जलेर मृत्यु भएको थियो ।

त्यसैगरी महासङ्घका उपाध्यक्ष उमितप्रसाद वाग्चनको प्रतिनिधिमण्डलले दिवङ्गत पत्रकार रजकको १३औँ पुण्यतिथिमा आज परिवारलाई भेटगरी समवेदन पनि व्यक्त गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?