५ बैशाख २०८२, शुक्रबार
ताजा खबर

एनएसएलः पोखरा र धनगढीले अंक बाँडे

नागरिक पोष्ट

बुधबार, २६ चैत्र २०८१

681 views

681 views

एनएसएलः पोखरा र धनगढीले अंक बाँडे

काठमाडौं  । नेपाल सुपर लिग (एनएसएल) फुटबल प्रतियोगिताअन्तर्गत आज भएको पोखरा थन्डर्स एफसी र धनगढी एफसीबीचको खेल बराबरीमा सकिएको छ । त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा सम्पन्न खेल गोलरहित बराबरीमा टुङ्गिएको हो ।

एनएसएलमा तीन खेल खेलेकोे धनगढीको यो लगातार दोस्रो बराबरी हो । यसअघि धनगढीको ललितपुर सिटी एफसीसँगकोे खेल पनि गोलरहित बराबरी खेलेको खेलेको थियो । धनगढीले आफ्नो पहिलो खेलमा बुटवल लुम्बिनी एफसीलाई ४–१ गोल अन्तरले हराएको थियो ।

 

जारी एनएसएलमा चार खेल खेलेको पोखरा यसअघि दुई खेलमा हार बेहोर्दा एक खेल भने जितेको थियो । यससँगै धनगढी तीन खेलबाट ५ अंक जोड्दै तालिकाको दोस्रो स्थानमा उक्लिएको छ । चार खेल खेलेको पोखरा भने ४ अंकसहित तालिकाको पाँचौं स्थानमा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?