नागरिक पोष्ट
मंगलवार, २५ चैत्र २०८१
3299 views
3299 views
काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शरतसिंह भण्डारीले नेपालको अटोमोबाइल क्षेत्र आन्तरिक रोजगारी सृजना गर्ने महत्त्वपूर्ण क्षेत्र भएको बताएका छन्।
मंगलबार काठमाडौमा आयोजित नाडा अटो डायलग २०२५ कार्यक्रममा बोल्दै मन्त्री भन्डारीले अटो मोबाइल क्षेत्रलाई अझै नीतिगत र व्यवहारिक पक्षबाट बहस र छलफल गरी ठोस निष्कर्ष निकाल्नु पर्ने सुझाव दिए।
उनले नेपाल जस्तो मुलुकका लागि अटो मोबाइल अत्यन्तै महत्त्वपूर्ण निर्माण विकास पुर्वाधारको रूपमा आवश्यक्ता भन्दा बढी विलासिताको बस्तुको रूपमा हेर्ने दृष्टिकोणमा परिवर्तन ल्याउनु पर्नेमा जोड दिए।
यस क्षेत्र राजस्व उठाउने क्षेत्र मात्र नभई आन्तरिक रोजगारी सृजना गर्ने क्षेत्र पनि भएको हुनाले श्रम, रोजगार मन्त्रालयको महत्त्वपूर्ण अंग भएको जिकिर उनको छ।