सोमबार, २४ चैत्र २०८१
1310 views
1310 views
काठमाडाैं, २५ चैत्र । आज साेमबारको कारोबारमा नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ३२.४५ अंकले घट्दै २,६७०.९४ बिन्दुमा झरेको छ। बजार १.२० प्रतिशतले ओरालो लागेको हो। कुल कारोबार रकम ५ अर्ब ६५ करोड ८९ लाख रुपैयाँ नाघेको छ भने १ करोड १ लाख ४ हजार ८६६ कित्ता सेयर खरिदबिक्री भएको छ। गत बिहिबार ७ अर्ब ८४ करोड ४६ लाख ४२ हजार ४८७ रुपैयाँको सेयर कारोबार भएको छ भने १ कराेड ५५ लाख २ हजार ९९८ कित्ता सेयर किनबेच भएकाे थियाे ।
बजार बन्द हुँदा २३ वटा कम्पनीका सेयरहरू मात्र हरियालीमा रहे, भने २२१ वटा कम्पनीका सेयरहरू राताम्मे भए । कुनै कम्पनीको सेयर मूल्य स्थिर रहेन।
आजको दिन बजारका सबै उपसूचकहरूमा गिरावट आएको छ। सबैभन्दा धेरै घटेको सूचक भने ट्रेडिङ्ग इन्डेक्स हो, जसले १५८.४५ अंकले ओरालो लागेको छ, जुन ३.३० प्रतिशतको गिरावट हो। त्यसैगरी, नन-लाइफ इन्स्योरेन्स इन्डेक्स १५७ अंकले, लाइफ इन्स्योरेन्स इन्डेक्स १०९.९७ अंकले, डेभलपमेन्ट बैंक इन्डेक्स ६९.५३ अंकले, र म्यानुफ्याक्चरिङ एन्ड प्रोसेसिङ इन्डेक्स ९५.३८ अंकले घटेका छन्।
अन्य सूचकहरूजस्तै होटल तथा पर्यटन, जलविद्युत, माइक्रोफाइनान्स, बैंकिङ, फाइनान्स, इन्भेस्टमेन्ट, र म्युचुअल फन्ड इन्डेक्समा समेत गिरावट देखिएको छ। विशेष गरी, उच्च बजार पूँजीकरण भएका इन्स्योरेन्स समूहहरूमा आएको गिरावटले समग्र बजारलाई तानेको देखिन्छ।
यस दिन कुनै पनि सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छैन भने बुटवल पावर कम्पनिकाे सेयर मुल्य ६.७५ प्रतिशतले बढेको छ ।
यस्तै आज कुनै पनि सेयर मुल्यमा नकारात्मक सर्किट लागेको छैन् ।