सोमबार, २४ चैत्र २०८१
919 views
919 views
काठमाडौं । इङ्लिस प्रिमियर सिपका लिभरपुलको २६ खेलको अपराजित यात्राको अन्त्य भएको छ। आइतबार राति भएको खेलमा फुलहामले लिभरपुललाई ३-२ ले हरायो।
खेलको १४ औँ मिनेटमा एलिक्सस म्याक एलिस्टरले २५ यार्डबाट शानदार फ्रिकिक गोल गरे भने रेन सेगेसनले केही मिनेटमा नै फुलहामका लागि बराबर गोल गरेका थिए। ३२ औँ मिनेटमा एलेक्स इलोबीले फुलहामलाई अग्रता दिलाए। त्यसको ५ मिनेटपछि नै रोड्रिगो मुनजले फलहामका लागि अर्को गोल गरे।
अर्को खेलमा म्यानचेस्टर सिटी र म्यानचेस्टर युनाइटेडका बीचमा गोलरहित बराबरी भएको छ। चेल्सी र ब्रेन्टफोर्डको बीचमा पनि बराबरी भयो। टोटनहाम हस्टस्पर्सले साउथहाम्टनलाई ३–१ ले हरायो।
७ खेल बाँकी रहँदा लिभरपुल अझै ११ अङ्क छ। लिभरपुलको ७३ तथा दोस्रो स्थानमा रहेको आर्सनलको ६२ अङ्क छ। तेस्रो स्थानको नटिङघम फरेस्टको ५७ तथा चेल्सीको ५३ अंक छ। म्यानचेस्टर सिटीको ५२ अङ्क छ। अस्टन भिल्लाको ५१ अङ्क छ।