शनिबार, १५ चैत्र २०८१
3741 views
3741 views
चैत १६, काठमाडौं । नेपालमा मौरी पालन (मह उत्पादन) व्यावसायको रूपमा अगाडि बढिरहेका मौरी व्यवसायी र कुशल प्रशिक्षकको राम्रै सङ्ख्या छ। तीमध्ये कुशल प्रशिक्षणको संख्यामा पर्छन् कर्मराज रोकाया ! रोकाया विगत लामो समयदेखि मौरी व्यवसायमा सक्रिय हुँदै आएका छन्। सुदूरपश्चिम बझाङ जिल्लाको मष्टा गाउँपालिका वडा न: २ धनातोलीमा जन्मिएका रोकाया पछिल्लो समयमा भने नेपाली गीतसंगीतमा प्रवेश गरेका छन्। सुदूरपश्चिम र कर्णाली प्रदेशमा गुन्जिरहने देउडा गीतको अभिनय मार्फत आफू गीत संगीतमा प्रवेश गरेका हुन।
माया पिरतीमा आधारित देउडा गीत( छुट्यो पापी माया जाल) नामक गीत सार्वजनिक भएको छ। भिमराज नेवको शब्द संगीतमा रहेको छुट्यो पापी मायाजाल गीतमा भीमराज नेव र गौरी भट्टको सुमधुर आवज रहेको छ भने म्युजिक भिडियोको मुख्य भूमिकामा कर्मराज रोकाया, आरती खड्का, शिल्पा खड्का रहेका छन्। थापा कमल विवेकको निर्देशनमा रहेको गितको छायाकन भने सुरज खड्काले गरेका हुन्। माया पिरतीको बिछोड भावलाई दर्शाएको देउडा गीत (छुट्यो पापी माया जाल) SP GOLD Pictures युट्युब च्यानलबाट सार्वजनिक गरिएको छ ।
उक्त म्युजिक भिडियो हेर्नको लागि तल राखियेको लिङमा क्लिक गरि हेर्न सकिने छ । https://youtube.com/watch?v=qFnp0G7ej6g&si=EOmaSsKfSbaYAlGc