३ जेष्ठ २०८२, शुक्रबार
ताजा खबर

हिजाे मात्र बढ्काे सेयर बजार आज पुनः गिरावट

नागरिक पोष्ट

मंगलवार, ११ चैत्र २०८१

3044 views

3044 views

हिजाे मात्र बढ्काे सेयर बजार आज पुनः गिरावट

काठमाडाैं, १२ चैत्र । नेपालको सेयर बजारमा आज(मंगलबार) गरिवाट देखिएकाे छ। नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ५५.९० अंकले घटेर २५८४.८८ विन्दुमा बन्द भएको छ। यो गिरावट २.११ प्रतिशतको हो।

आजको कारोबारमा कुल ५ अर्ब १८ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ भने १ कराेड ११ लाख ५५ हजार ९५५ कित्ता सेयर किनबेच भएका छन् । हिजाे ४ अर्ब ४८ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ भने ९७ लाख ३९ हजार ४ कित्ता सेयर किनबेच भएकाे थियाे ।

बजारमा आज ४ कम्पनीको सेयर मूल्य बढेको छ, भने २४० कम्पनीको सेयर घटेको छ र ० कम्पनीको मूल्य भने स्थिर रह्यो।

यस दिन कुनै पनि सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छैन भने ९.५% एनसीसी डिबेन्चरकाे सेयर मुल्य ४.५२ प्रतिशतले बढेको छ ।

यस्तै आज कुनै पनि सेयर मुल्यमा नकारात्मक सर्किट लागेको छैन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?