बुधबार, ३० माघ २०८१
3724 views
3724 views
तिर्थ नेपाली
माघ ३०, काठमाण्डौ -पुर्वमन्त्री तथा विश्व हिन्दु महासंघका राष्ट्रिय समितिका निवर्तमान अध्यक्ष समेत रहेका डा. राम चन्द्र अधिकारीको मेरो जीवन यात्रा पुस्तक लोकापर्ण भएको छ ।
वुधबार नेपाली कांग्रेसका सभापति तथा पुर्वप्रधानमन्त्री शेर बहादुर देउवाको प्रमुख आतिथ्यमा लेखक अधिकारीको ८४ वर्षको पुजाको अवसर पारेर ‘मेरो जीवन यात्रा ’ पुस्तक लोकापर्ण गरिएको हो ।
पुस्तकमा लेखक अधिकारीले जीवनको परिभाषा जीवन अनन्त एउटा कडी हो । यसमा अनेक उतारचढाव ,घातप्रतिघात ,धोका ,ठक्क्र सहन र भोग्नुपर्र्र्दो रहेछ यस्तै घटना र दुर्घटना पार गदै जीवनका चौरासी वसन्त पार गर्न लाग्दा आफुले भोगेका जीवन ,जवानी र जागिर , घरपरिवार सम्हाल्दै जनताको हक अधिकार प्राप्ति एव्म सम्मानित भएर स्वतन्त्र बाँच्न एवंम काम गर्न पाउने व्यवस्था स्थापना क्रममा अनेकौ जेलनेलको यातना खप्दै दुख ,कष्ट अपमान अनि आलोचना सहेर जनचेतना जगाउँदै जनताको सुख सुविधा र विकासका लागि गरिएका साहसिला एवंम प्रेरणादायी सर्न्दभ राखेर २०८ पृष्ठको पुस्तक लोकापर्ण गर्नु भएको हो ।
लेखक अधिकारीले यस पुस्तकमा देश र जनताको लागि आफुले गरेका हरेक संघर्षका सारांश कथाको रुपमा उल्लेख गरेको र पाठकको लागि प्रेरणादायी हुने समेत विश्वास व्यक्त गरेका हुन् ।
त्यस्तै सभापति देउवाले लेखक अधिकारी उमेरले चौरासी पुगे पनि कर्मले अझै युवक रहेको बताउँदै । नेपाली जनजनमा मेरो जीवन यात्रा ’ पुस्तकले स्थान ओगट्न सकोस् आगामी दिनमा थप कृतिहरु पनि प्रकाशित भएको देख्न पाईयोस् भन्नु भएको हो । विं सं १९९८ मा जन्मनु भएका लेखक अधिकारीको २०३२ सालमा नारी र जारी कृति प्रकाशित भएको थियो ।