बुधबार, ३० माघ २०८१
2959 views
2959 views
काठमाडौंको बबरमहल क्षेत्र डुबानमा परेको छ। मेलम्ची खानेपानी आयोजनाको पानीको पाइप फुटेर लथालिंग बन्दा विशेष अदालत वन कार्यालय परिसर डुबानमा परेको हो।डुबानले गर्दा सडकमा आवतजावत गर्ने पैदल यात्रु तथा सवारीसाधनहरूलाई समेत कठिनाइ भएको छ। समस्याको पहिचान गरी पानी नियन्त्रणका लागि काम भइरहेको बताइएको छ।
बुधबार दिउँसो साढे दुई बजेतिर मेलम्ची खानेपानीको पाइप फुटेको हो।काठमाडौं उपत्यका खानेपानी लिमिटेडका प्रमुख कार्यकारी अधिकृत अशोककुमार पौडेलले मेलम्ची खानेपानी सञ्जालको पाइप फुटेको जानकारी दिए।
‘रेगुलर (नियमित आपूर्ति) तर्फको पाइप फुटेको हो कि, थोक वितरण प्रणाली (बिडिएस) को पाइप फुटेको यकिन भइसकेको छैन,’ उनले भने।पाइप फुटेर जलमग्न भएपछि अहिले त्यस भेगको वितरण प्रणाली बन्द गरिएको उनले बताए। ‘हामीले कहाँको पाइप फुटेको हो बुझ्न कर्मचारी परिचालन गरिसकेका छौं,’ उनले भने।